aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

घुस रकम सहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
Sunrise
HIb
घुस रकम सहित दुई जना पक्राउ
LBEF

सिन्धुली । तीनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका–४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना रहेका छन् । 

उक्त कुखुरा फर्मका पुराना काठहरु तिनपाटन गाउँपालिका (९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस