aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life

लकडाउन उल्लघंन बढेपछि उपत्यकाका प्रशासनकाे आकस्मिक बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
Sunrise
HIb
लकडाउन उल्लघंन बढेपछि उपत्यकाका प्रशासनकाे आकस्मिक बैठक
LBEF

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेकाे छ । 

उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंको हलमा आकस्मिक बैठक बसिरहेकाे हो । 

बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेकाे स्रोतले बतायो । 

लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।

ब्यवसायीहरूले बुधबार लकडाउन उल्लङ्घन गर्दै ब्वबसाय सञ्चालन गर्ने भन्दै प्रशासनलाइ चुनाैति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस