सेन्ट्रल फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

सेन्ट्रल फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
Sunrise bank
सेन्ट्रल फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा
LBEF

काठमाडौं, बैशाख ४ । सेन्ट्रल फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुने भएको छ । चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत नगद लाभांश जम्मा भएका हो । 

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुने र भौतिक रुपमा शेयर धारण गरेको शेयरधनीले शेयर आभौतिकीकरण गराएपश्चात निजको बैंक खातामा जम्मा हुनेछ । 

यस कम्पनी र साविक भक्तपुर फाइनान्स एक आपसमा मर्जरमा गई सेन्ट्रल फाइनान्सको नामबाट एकिकृत कारोबार भई सञ्चालनमा रहेको हुँदा उक्त मितीमा काय रहेका शेयरधनीलाई मर्जर भएको २ वर्षमा प्राप्त गर्ने बोनस तथा नगद लाभांशमा कर लाग्दैन ।

 साथै २०७५ मङ्सिर १ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारीत बोनस  शेयरमा कर लाग्ने शेयरधनीको बोनस शेयरको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरी बाँकी रकम मात्र निजको बैंक खातामा जम्मा गर्ने ब्यवस्था रहेको छ । कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस