aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

साना व्यवसायीको सरकारलाई चुनौती, भोलि ११ बजेसम्म सबै पसल खोल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
साना व्यवसायीको सरकारलाई चुनौती, भोलि ११ बजेसम्म सबै पसल खोल्ने
LBEF

काठमाडौं ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशैभरीका पसल भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । महासंघको बुधबार बसेको सचिवालय बैठकले देशैभरीका  पसलरव्यवसाय विहान ११ बजेसम्म खुला गर्ने निर्णय गरेको महासंघका अध्यक्ष नरेश कटवालले बताए । 

पसलहरु खोल्दा सामाजिक दुरी कामय गरेर खुला गर्ने उनले बताए । उनले भन्, जीवनको सबैलाई माया हुन्छ रोगसँग बचेर हाम्रा पसलहरु खुल्छन । पसलहरु नखोलेर के गर्ने , घरबेटीले भाडा नछोड्ने, सरकारले कर नछोड्ने, अनि बैंकले व्याज माग्न नछोड्न अनि व्यापार ७२ दिन भयो बन्द गरेको यो रकम कहाबाट जुटाउने । 

महासंघका ७७ वटौ जिल्लामा सम्पर्क रहेको र ती जिल्लाहरुमा पनि व्यापार व्यवसाय खोल्नका लागि आवहान गरिन उनले बताए । उपत्यकाकामा भने पूर्णरुपमा भोलि बिहीबार ११ बजेसम्म व्यापार व्यवसाय खुल्ला रहेन उनले जानरकारी दिए । महासंघका देशैभरी गरि १० हजारभन्दा बढी साना व्यवसायीहरु आवद्ध रहेका छन् । 

प्रतिक्रिया दिनुहोस