aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

प्रदर्शनकारीको अगाडि अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
प्रदर्शनकारीको अगाडि अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागे
LBEF

अमेरिका । अमेरिकामा प्रदर्शनकारीको अगाडि अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागेका छन् । अमेरिकामा हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका हुन् । 

प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो सार्वजनिक भएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिंस्रक बनेको आन्दोलन रोक्न चालेको नयाँ रणनीति भनेको छ ।

घुँडा टेकेपछि प्रहरीको अगाडि  पुगेका प्रदर्शनकारी केही शान्त देखिएका छन् । आठ दिनअघि मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकाली घाँटी थिचेर हत्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आन्दोलन चर्किएको छ । अहिले अमेरिकाका ४० वटा शहरमा कर्फ्यु लगाइएको छ ।  

प्रतिक्रिया दिनुहोस