aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
Citizen life

कोरोना नियन्त्रणका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
कोरोना नियन्त्रणका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च
LBEF

काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । 

उच्चस्तरिय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा उक्त रकम खर्च भएको जनाएको छ । 

समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च भएको हो । स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन् ।  

त्यस्तै, कोरोना उपचार तथा नियन्त्रण कोषमा हालसम्म २ अर्ब ३२ करोड रुपैया जम्मा भएको उनले बताए । सचिव बिडारीले विज्ञहरुको सुझाव बमोजिम तह तह गरेर लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी रहेको समेत जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस