aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

सरकारको निर्णय एक दिन पनि टिकेन, कर चुक्ता गर्ने समय थपियो (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
सरकारको निर्णय एक दिन पनि टिकेन, कर चुक्ता गर्ने समय थपियो  (सूचनासहित)
LBEF

काठमाडौं । हिजो मंगलबार सूचना जारी गरेर यहि जेठ २५ गतेसम्म दिएको कर तिर्ने समयावधि सरकारले थप गरेको छ । सरकारले कर तिर्ने समय जेठ २५ को अवधिलाई बढाएर असार ७ गतेसम्म पुर्र्याएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले केही समय अघि अर्थ सचिव शिशिरकुमार ढुंगानलाई भेटर समय थप गर्न माग गरेसँगै आन्तरिक राजस्व विभागले पुनः सूचना निकालेर समय थप गरेको हो । कोभिड–१९ का कारण बन्द रहेको उद्योग व्यवसायलाई कर तिर्न सरकारले दवाव दिएपछि उद्योगी व्यवसायीहरू व्यापक विरोधमा उत्रिएका थिए ।

 

विभागको पत्रबाट व्यवसायी आतंकित, उपप्रधानमन्त्रीकोमा गुहार माग्न पुगे

 

 

 

 

प्रतिक्रिया दिनुहोस