aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

मेगा बैंक र गण्डकी विकास बैंकको प्राप्ति प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
मेगा बैंक र गण्डकी विकास बैंकको प्राप्ति प्रस्ताव पारित
LBEF

काठमाडौं । मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्ति सम्बन्धी प्रस्ताव बुधबार पारित गरेका छन् । मेगाले काठमाडौंमा र गण्डकीले पोखरामा विशेष साधारण सभा आव्हान गरी प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका हुन ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्न लागेको हो । मेगाले गण्डकी विकास बैंकको एक शेयर बराबर आफ्नो एक शेयर प्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । यसै आर्थिक वर्षभित्र एकिकृत कारोबार गर्ने योजना बैंकहरुको छ ।

गण्डकीलाई प्राप्ती गरेपश्चात पनि मेगा बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने वा मर्जरमा जाने योजना अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ । 

२०७६ कात्तिक २६ गते मेगाले गण्डकीलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको हो । प्राप्ती प्रकृया प्रयोजनका लागि गण्डकीको शेयर कारोबार भने गत असोज ९ गतेदेखिनै बन्द रहेको छ । 

हाल मेगाको चुक्तापूँजी  १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ छ भने गण्डकी विकास बैंकको  २ अबै ७५ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपश्चात चुक्तापूँजी  १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस