aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

विश्व बैंकले १२ अर्ब ऋण स्विकृत गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
विश्व बैंकले १२ अर्ब ऋण स्विकृत गर्यो
LBEF

काठमाडौं । विश्व बैंकले करीब १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । नेपालमा कोभिड १९ को प्रभाव न्यूनिकरण र विद्यूत क्षेत्रको सुधारका लागि यो ऋण खर्च गरिने छ । 

  नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।

 नेपालले पाउने ऋण सहायता स्वीकृत भएको विश्व बैंकले बुधबार जानकारी दिएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।

 

प्रतिक्रिया दिनुहोस