aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life
कर उर्दी

सरकारले कर तिर्नु भन्याे, बैंकबाट लिएको ऋण अब के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
सरकारले कर तिर्नु भन्याे, बैंकबाट लिएको ऋण अब के हुन्छ ?
LBEF

काठमाडौं । सरकारले हिजो मंगलबार आम करदातालाई यहि जेठ २५ गतेसम्म कर्जा तिर्न सूचना जारी गर्यो । यसअघि सरकारले लकडाउन बढाउने निर्णयसँगै कर तिर्ने म्याद पनि थप गर्दै आएको थियो । यस पटक लकडाउनको म्याद बढाउने विषयम निर्णय भएपनि कर तिर्ने म्यादबारे सरकार मौन बस्यो र  आन्तरिक राजस्व विभागले आम करदातालाई यहि २५ गतेसम्म कर तिर्न ताकेता गर्यो ।  

सरकारले आफूले लिर्ने कर चाहिँ बन्दकै अवस्थामा उठाउनु पर्ने तर बैंकहरूले लिने कर्जाको किस्ता र ब्याज भने असारमसान्तसम्म तिरेपनि हुने व्यवस्था अहिलेको अवस्थामा कतिको जाहेज हुन्छ ? अब यसलाई मध्य नजर गरेर राष्ट्र बैंकले पनि उद्यमी व्यवसायीलाई राहत स्वरुप दिने भनेको ब्याज दरमा छुट र किस्ता भुक्तानी तथा कर्जाको पुनःतालिकीकरण तथा पुनः संरचना गर्न थाल्न ढिला भइसकेको सरोकारवालाहरूले बताइरहेका छन् ।

सरकारले कर तिर्न तोकेता गरेसँगै बैंकहरूले पनि आफ्ना ऋणीलाई ऋणको किस्ता तिर्न दवाव अवश्य दिनेछन् । जुन स्वभाविक पनि हो । किनकी सरकारले कर बन्दाबन्दी कै अवस्थामा लिन हुने र बैंक तथा वित्तीय संस्थाले भने छुट दिइरहनु पनि पदैन । ‘यो आफैमा गर्भिलो छ ।

उद्योग धन्दा बन्द छ । उद्योगीले कर्मचारीलाई तलब समेत खुवाउन नसकिरहेको बेला सरकारले यहि अवस्थामा कर तिर भनेको छ, अब बैंकहरूले पनि ऋण तिर्न दवाव दिन थाल्छन्, एक व्यवसायीले भने ।’ हामी अब घरको घाटको हुने भयौ ।’ अब, बैंकहरूले भने आफ्ना ऋणीलाई सरकार तथा नियामक निकाय राष्ट्र बैंकले दिएको समयावधि असारमसान्तसम्म नै कर्जा तिर्न ऋणीलाई फलो गर्दै आएका  छन् । तिर्न नसक्ने कर्जाको पुँजीकरण पनि हुँदै जाने नै छ ।

सरकारले गरेको व्यवस्था अनुसार नै बैंकहरूले भने सोही सीमा अवधिमै कर तिर्ने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले भने ‘हामी सरकारले भने बमोजिम सोही समयावधिमा कर तिर्छौ र आम ऋणीलाई पनि कर्जाको किस्ता र व्याज तिर्न आग्रह गछौं ।’ अझ म त भन्छु उहाँहरूले चैत मै किस्ता बुझाउनु भएको भए अझ राम्रो हुन्थ्यो । तिर्न नसक्ने ऋणीको भने ऋण पुँजीकरण हुँदै जानेछ । बैकरहरूले कर तिरेपछि उद्यमी व्यवसायीलाई पनि कर तिर्न र बैंकको ऋण भुक्तानी गर्न दवाव सिर्जना सहुने छ ।

तर, कर लिने राज्यले उद्यमी व्यवसायीलाई कर तिर्न तोकेता गर्न हुने बैंकले भने ब्याजमा समेत छुट दिएर चैतमा तिर्नुपर्ने ऋणको किस्ता असारमसान्तसम्म तिरे हुने यसमा नेपाल सरकार, तालुक मन्त्रालय तथा नियामक निकाय राष्ट्र बैंकले सोच्नु पर्ने अवस्था आएको छ ।
हुन त राष्ट्र बैंकले मौद्रिक नीति मार्फत के गर्ने, के कस्तालाई सहुलियत दिने भन्ने व्यवस्था गर्ला तर, यहि अवस्थामा राखेर कर तिर भन्दा नियामक निकायबाट दिनु पर्ने अन्य सेवा सुविधाको व्यवस्था पनि सोही बेलामा गर्नुपर्ने त्यतिकै आवश्यक देखिन्छ ।

उद्यमी व्यवसायीहरूले बैंकहरूको चैतमा तिर्नुपर्ने अधिकांश ऋणको किस्ता तिरेका छैनन् । राष्ट्र बैंकले आम ऋणीबाट ऋण उठाउन बैंकहरूलाई जतिछिटो सहजीकरण गरिदियो त्यति नै छिटो उद्यमी व्यवसायीले भने बैंकको ऋणको व्यवस्थापन मिलाउने हुन् कर सोही अनुसारको कर तिर्ने हुन् ।

अहिले सो गरौं भनेर ठ्याक्कै निर्णय नआइसकेको र अझै राहतको पखाइमा रहेका उद्यमी व्यवसायीलाई बैंकहरूले किस्ता भुक्तान गर भन्नु पनि त्यति सान्दर्भिक नदेखिने एक बैंकरले बताए ।  ठोस निर्णय भएपछि यसको निकास निस्कने छ,’ उनले भने । आशिक रुपमा कार्यालय सञ्चालन गरि राखेका बैंक तथा बीमा कम्पनीलाई कर तिर्न सहज भएपनि पूर्ण रुपले उद्यम व्यवसाय बन्द गरेर लकडाउनमा बसेका व्यवसायीलाई भने यो सहज छैन ।

त्यसैले उनीहरूले लकडाउन कै अवस्थामा कर तिर भन्नु अव्यवहारिक र असान्दर्भिक भएको बताइसकेका पनि छन् र कतिपयले यो अवस्थामा कर तिर्न नसक्ने भन्दै प्रेस विज्ञप्ती नै जारी समेत गरिसकेका छन् । सरकारले कर तिर्न  जारी गरेको सूचनासँगै नेपाल राष्ट्र बैंकले वैशाख १६ गते कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न

ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको थियो । राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज दुई प्रतिशतले कम गरी आव २०७६/०७७ को चौथो त्रैमासको व्याज रकम गणना गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस