aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

कोरोनाका कारण पाकिस्तानका एक मन्त्रीको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
Sunrise
HIb
कोरोनाका कारण पाकिस्तानका एक मन्त्रीको ज्यान गयो
LBEF

कराँची । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो। मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन्।

‘कोरोनाबाट बलोचको निधन भएको छ’, मुख्यमन्त्री शाहले भनेका छन्, ‘उनी पार्टीका मेहनती र कर्मठ सदस्य थिए। उनको प्रतिस्थापन गर्न कठिन हुनेछ।’ अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। एजेन्सी 

प्रतिक्रिया दिनुहोस