aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

लकडाउन अघिअघि शेयर बजार पछिपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
Sunrise
HIb
लकडाउन अघिअघि शेयर बजार पछिपछि
LBEF

काठमाडौं । लकडाउनको अवधि लम्बिदै जाँदा शेयर बजारको कारोबार पनि लकडाउनसँगसँगै बन्द हुँदै गइरहेको छ । सरकारले मंलगबारसम्म गरेको बन्दाबन्दी सकियो तर बुधबारदेखि जेठ ३२ गतेसम्म लकडाउन लम्बिएको छ । जेठ १ गतेसम्म शेयर बजारको कारोबार बन्द गर्ने नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार एक सूचना प्रकाशित गरेर जानकारी दिएको छ । 

नेप्सेकी उपप्रबन्धक प्रविन पन्दाकले जारी गरेको विज्ञप्तिमा लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय भएको जानकारी दिएकी हुन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सरकारले जेठ ३२ गतेसम्म लकडाउन आदेशलाई निरन्तरता दिने निर्णय गरेपछि छ । यसका साथै अब शेयर बजारको कोरोबार पनि जेठ १ गतेसम्म स्थगन हुने भएको छ ।  

प्रतिक्रिया दिनुहोस