aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

लकडाउनमा पनि विभागलाई उभोक्ताको चिन्ता, सिमेन्टको नमूना संकलन तिव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
Sunrise
HIb
लकडाउनमा पनि विभागलाई उभोक्ताको चिन्ता, सिमेन्टको नमूना संकलन तिव्र
LBEF

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगिन नदिन सिमेन्टको गुणस्तर मापनलाई तीव्रता दिएको छ । सरकारले बन्दाबन्दीको समयमा सामाजिक दूरी राखेर उद्योग चलाउन स्वीकृति दिएसँगै विभागले सिमेन्ट उद्योगमा उत्पादित सिमेन्टको नमूना सङ्कलनलाई तीव्रता दिएको हो । 

विभागले दुई साता अघि लकडाउनमै पनि  ४४ प्रकारका उद्योग चलाउन दिने सरकारको निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा समेत विभिन्न हार्डवेयरबाट १२ वटा नमूना संकलन भइसकेको विभागले जनाएको छ ।   

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बन्दाबन्दीको समयमा गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नका लागि देशैभरका सञ्चालित सिमेन्ट उद्योगबाट नमूना सङ्कलन गरेको जानकारी दिए । “बन्दाबन्दीको समय पारेर उपभोक्ता गुणस्तरबाट ठगिन सक्ने कुरालाई ध्यानमा राखेर हामीले विभिन्न ठाउँबाट १०० बढी नमूना सङ्कलन गरेका छौँ”, उनले भने ।

 विभागले काठमाडौँ उपत्यकामा मात्र विभिन्न १२ वटा हार्डवेयरबाट नमूना सङ्कलन गरेको छ । महानिर्देशक पुडासैनीले विभागले तोकेको मापदण्डभन्दा बाहिर गएर सिमेन्ट उत्पादन गरे कारवाही गरिने स्पष्ट पारे। 

प्रतिक्रिया दिनुहोस