aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

बीमा कम्पनी मर्ज गर्नैपर्ने यस्तो रहेछ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ जेठ २०७६
nabil bank
बीमा कम्पनी मर्ज गर्नैपर्ने यस्तो रहेछ कारण
Global IME
LBF

धुलिखेल । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँइले बीमा कम्पनी मर्ज गर्नैपर्ने कारणको खुलासा गरेका छन् । नयाँ बीमा कम्पनीको अनुमति पाउँ भनेर अहिले पनि अर्थमन्त्रालयमा निवेदन जाने गरेको उनले बताएका छन्  । त्यहाको सिफारिस बोकेर बीमा समितिमा नयाँ कम्पनीको लाइसेन्स खोल्न दवाव दिने गरेको चापागाँइले खुलासा गरे । 

उनले भने, ‘अब कुनै पनि प्रकारको नयाँ बीमा कम्पनीलाई अनुमति नदिने भनेर कम्पनीको वेवसाइटमा राखेका छौं । बीमा समितिको अबको नीति भनेको मर्ज नै हो ।’

शुक्रबार आर्थिक पत्रकार संघ(नाफिज) र बीमा समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको आर्थिक पत्रकारलाई बीमा सम्बन्धी तालिम कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष चापागाँइले यस्तो बताएका हुन् । 

उनले भने, ‘बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न दिएको समय सिमा पनि बारम्बार गुज्ज्रिरहेको छ। बीमा कम्पनीहरुले विभिन्न वहानामा पुँजी वृद्धि त परै जाओस वित्तीय विवरण समेत समयमा बुझाएका छैनन् । अब समयमा चुक्तापुँजी नपुर्याउने कम्पनीका शाखा जाफत गर्ने लगायत अन्य कारवाही समेत गरिने छ।’ 

बारम्बार बीमा समितिको निर्देशन उलंघन गर्ने र दवाव मात्र दिने काम कम्पनीहरुले गरेका हुनाले मर्जको नीति बाध्य भएर ल्याउन परेको उनले बताए । 

‘बीमा कम्पनीहरुलाई सहज गर्न ‘कुलिङ पिरियड’देखि अन्य क्षेत्रमा बीमा समितिले सहजता अपनाइरहेको छ । समितिले यती गर्दा गर्दै पनि कम्पनीमा प्रमुख कार्यकारी नियुक्त गर्न नसक्ने अनि मर्ज नगरेर के गर्ने?’ उनको प्रश्न थियो । 

बीमा समितिले नियामनमा पनि कडाई गरेको बताएका छन उनले भने, ‘हामीले नियामनलाई कडाई गरेका र्छौ । एउटै व्यापारीका उद्योग, बैंक र बीमा कम्पनी अनि बीमा समितिको निर्देशन नटेर्ने ती व्यापारीहरुलाई गाह्रो परेको होला त्यही भएर दवाव पनि आइरहेको छ यस कारणले पनि हामी अब मर्जको नीतिबाट हट्दैनौ ।’ 


त्यस्तैगरि, बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले विगत एक वर्षदेखि तलब खान नपाएको समेत बताएका छन् । शनिबार आर्थिक पत्रकारको दुइदिने तालिम समापन कार्यक्रममा बीमा समितिको स्वायत्तताबारे प्रश्न उनले उठाएका थिए  । बीमा ऐन २०४९ ले बीमा समितिलाई स्वायत्त नबनाएको र नयाँ विधेयकमा बीमा क्षेत्रको नियामकलाई स्वायत्त बनाउने प्रयास भएको तर विधेयक पास हुन ढिला भएको उनले बताए ।

शुक्रबारबाट शुरु भएको उक्त तालिममा बीमा समितिका सञ्चालक कपिलदेव ओली, कामु कार्यकारी अधिकृत राजुरमण पौडेल, विमा विज्ञ भोजराज शर्मा, पत्रकार मदन लम्साल लगायतको उपस्थिति रहेको थियो ।   उक्त तालिममा बीमा क्षेत्रमा कलम चलाउने २८ जना पत्रकारहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस