aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

विप्रेषणमूखी अर्थतन्त्रबाट उत्पादनमूखी अर्थतन्त्रमा जान समय जुराईदिएको छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
Sunrise
HIb
विप्रेषणमूखी अर्थतन्त्रबाट उत्पादनमूखी अर्थतन्त्रमा जान समय जुराईदिएको छ
LBEF

सन २०१९ को डिसेम्वर को अन्तिममा चीनको बुहानबाट फैलिएको एक नयाँ रोग कोरोनाको कारण आज विश्व त्रसित,चिन्तित छ । आफनो जनतालाई कसरी जोगाउने भन्ने कुरा देशलाई चिन्ता छ भने आफु र आफनो परिवार कसरी  जोगाउने भन्ने चिन्ता जनतालाई रहेको छ । रोगको चिन्ता एकातिर छ भने रोजगारी र आयस्रोतको नियमित बाटो नहुनेलाई दैनिक विहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । 

यी निमुखा भोका जनताको ज्यान जोगाउने दायित्व राज्यको हो । तर राज्य संग पनि स्रोत हुनु पर्छ ,राज्य संग आफनो नै उत्पादन , श्रोत परिचालन गर्नको लागि सक्षम समन्त्र  र जनतालाई राज्यले गर्छ भन्ने विश्वास हुनु पर्छ । यी कुराहरुको माध्यमबाट सवल कानुनी प्रक्रियाबाट देशमा आई परेको महासंकट हटाउन सकिन्छ । तर यी कुराहरु हामीसँग रहेको छ त वा अब यस महासंकटपछि देशले के गर्नु पर्छ भन्ने बहस पनि गर्नु आवश्यक रहेको छ । संकट आएको छ यसको व्यवस्थापनि गर्नु छ साथै व्यवस्थामा देखिएका कानुनी तथा व्यवस्थापकीय समस्या समाधान गरि देशको आर्थिक अवस्थालाई समृध्दितिर लान के गर्नु पर्छ भन्ने शिक्षा पनि दिएको छ ।

हाम्रो देशको मुख्य आयस्रोत भनेको कृषि र विष्रेषण हो । आयात मुखि अर्थतन्त्रबाट उत्पादनमूखि अर्थतन्त्रमा देशलाई लैजाने यो सुबर्ण अवसर हो । यस्लाई सहि मौकाको रुपमा अंगीकार गरि देशलाई परिवर्तन गर्न सकिने अवस्था रहेको छ । यस्लाई सहि मौकाको रुपमा अंगीकार गरि देशलाई परिवर्तन गर्न सकिने अवस्था रहेको छ ।

बैदेशीक रोजगारी र श्रम शक्ति
स्वदेशमा रोजगारी प्राप्त गर्न नसकेर विदेशी भुमीमा रोजगारी गर्न गएकाहरुबाट गत वर्ष नेपालमा  बैदेशीक रोजगारी मार्फत करिब ८ खर्व जति बिप्रेषण नेपाल भित्रिएको थियो । रोजगारीका मुख्य गन्तव्य  मलेसिया,भारत र खाडीका राष्ट्र्हरु रहेको थिए । तर, अव कोरोनाको कारण ति देशमा रहेका उधोग धन्दा पनि बन्द भएको  र सके सम्म सामाजिक दुरी कायम गर्नु पर्ने अवस्था सृजना भएको अवस्थामा बैदेशीक रोजगारीको निश्चितता नभएकोले यसबाट आयमा प्रत्यक्ष प्रभाव पर्दछ  । धेरैभन्दा धेरै नेपालीहरु देश फर्किएका छन र पछि धेरै नै फर्किने छन । करिव १०देखि १२ लाख श्रमिकहरु फर्किय भने सोबाट देशको अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावबारे अहिले नै सोच बनाउनु आवश्यक देखिन्छ । 

यी फर्किएका श्रमिकसँग सिप र लगानी गर्ने अलिकति भए पनि पुँजी रहेको हुन्छ । यस्ता श्रमिकहरुमा भएको श्रमलाई देशको उत्पादनमूखी क्षेत्रमा उपयोग गर्न सकियो भने आफनो देशमा नै रोजगारी सृजना भई आय आर्जनको अवस्था सृजना हुन जाने थियो । साथै कारोनाको कारण नेपाल छोडेर जाने धेरै श्रमिकहरु पनि छन उनीहरुको अनुपस्थितिमा विदेशबाट फर्किएर आएका सिप युक्त श्रमिकहरुले काम गरि रोजगारी आफू अनुकुल बनाउन सकेको अवस्थामा देशमा रोजगारी सृजना भई देशबाट विदेशीने रकमको पनि बचत हुने अवस्था हुन्छ ।
 
कृषि तथा साना उध्यम व्यवसाय
कोरोनोको कारण विश्वका अधिकांस देशहरु प्रभावित भएका छन् । श्रम शक्तिको अभाव,फर्ममा खेतीको लागि दिने समय,रोगको त्रास,कृषि तथा साना उधोगको लागि चाहिने कच्चा पदार्थ अभावको कारण सग्र  उत्पादनमा असर पर्न जाने निश्चित छ । यस्ले गर्दा व्यवसायीक रुपमा उत्पादन गर्ने देशहरुमा पनि उत्पादन गर्न नसक्ने अवस्था सृजना हुन्छ । आफनो देशको जनताको लागि पुग्ने भए पछिमात्र निर्याात गर्ने अवस्था आउछ  । फलस्वरुप नेपाल जस्तो आयातमा मात्र भर पर्ने देशहरुमा खाद्य संकट आउन सक्छ । यसमध्ये वैदेशीक रोजगारीबाट फर्केका थप १५ लाख जनतालाई पनि पेट भर्नको लागि चाहिने खाद्यन्नको व्यवस्था गर्नु पर्ने अवस्थालाई ध्यानमा दिई देशमा रहेको श्रम,पँुजी र ज्ञानलाई खाद्य तथा त्यसमा आधारीत उत्पादन मूखी बढिभन्दा  बढि प्रयोग गरि उत्पादन बढाउनु आवश्यक देखिन्छ ।

 यसको लागि देशमा उपलव्ध श्रम शक्ति  र बैदेशीक रोजगारीबाट आएका  व्यक्तिलाई उनीहरुको सिप बमोजीम कृषि तथा साना लघु उध्यममा राज्यबाट केहि सहयोग भयो भने व्यवसायिक कृषि उत्पादनको क्षेत्र वा साना तथा लघु उद्यमको विकास भई गरिबीको रेखा मुनी जनता जाने सम्भावना रहदैन र अन्य देश संग खाद्य वस्तु आयात भएन भने  पनि देशका जनता भोकै वस्नु पर्ने अवस्थ श्रृजना हुदैन । सामाजिक हिसाबले पनि शान्ति शुव्यवस्था कायम हुने, परिवारका सदस्यहरुमा समेत उध्यमसिलता विकास हुने, स्वदेशमा रोजगारी सृजना भईआय आर्जन बढ्ने हुदा समस्त क्षेत्रमा यस्को सकारात्मक असर पर्दछ ।

 फर्मको रुपमा कृषि उत्पादन गर्ने तथा साना तथा मझौला उद्योग स्थापना गर्नको लागि लगानीमा सहजता र व्याज अनुदानमा उदारता,कृषि बजारको व्यवस्था,कृषि श्रमिकको हित,कृषि उत्पादनका साधनहरुको उचित र सरल व्यवस्था हुने  अवस्था सृजना गर्नु पर्दछ । साथै,कृषिमा प्रविधिको विकास तथा विस्तार गरि उत्पादकत्व बढाउनको लागि पनि लगानी बढाउनु पर्ने अहिलेको आवश्यक्ता रहेको छ । यसको लागि सार्थक संवाद र अनुभवभएकासँग ज्ञान लिन ढिला गर्नु हुदैन ।

स्वास्थ्य क्षेत्र
निजीकरणमा माध्यमबाट देश अगाडी जान खोज्दाको नमिठो परिणाम अहिले नेपाली जनताले भोगे अकको पुस्ताले यस्तो अवस्था भोग्नु नपरोस भन्नाको लागि राज्यबाट स्वास्थ्यमा लगानी बढाउनु पर्ने अवस्था सृजना भएको छ । देश संघीयतामा गएको र प्रत्येक प्रदेशको लागि प्रादेशीक हिसाबमा एक पुर्ण रुपमा सक्षम अस्पताल  र त्यस अस्पतालमा तालिम प्राप्त र योग्य चिकित्सक नर्स र आधुनिक प्रविधि युक्त स्वास्थ्य सेवाप्रदान गर्ने मेसिनहरु आवश्यक देखिएको छ ।

त्यसको लागि आगामी आर्थिक बर्षदेखि नै बजेट विनियोजन गरेर एक सरकारी पुर्ण क्षमताको अस्पताल निर्माण गर्नु पर्ने देखिन्छ । देश र जनताको लागि पर्दा निजी क्षेत्र भन्दा सरकारी क्षेत्र नै आवश्यक हुने रहेछ भनेर नीति निर्माणमा बसेकालाई पनि ज्ञात भएकोले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु अति नै आवश्यक रहेको छ । स्वास्थ्य बीमालाई सबै ठाउ र क्षेत्रका जनताको पहुच भित्र पुग्ने गरि व्यवस्थापन गर्नु पर्छ ताकि भविष्यमा आउने यस्तै महामारीमा पनि जनताले भरोसा योग्य स्वास्थ्य सेवा पाउन सकुन । स्थानीय स्तरमा मानै जनताले प्रत्यक्ष स्वास्थ्य सेवा पुराउने काम गर्न अव धेरै ढिला गर्नु हुदैन ।

पर्यटन क्षेत्र
कोरोनाको कारण सामाजिक दुरी भन्ने नया धारणा विकास भएको छ एक अध्ययन अनुशार सामाजिक दुरी २०२२ सम्म लागू गर्नु पर्ने अवस्था आउन पनि सक्छ । सामाजिक दुरीको कारण मानिस एक स्थानबाट आर्को स्थानमा जानको लागि हालको अवस्थामा तयार नहुन सक्छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गरेको अध्ययन अनुसार अहिले संसारका ९४ प्रतिशत गन्तब्यमा यात्रा प्रतिबन्ध लागेको छ ।यसको असर २ देखि ४ बर्षसम्म पनि पर्न सक्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नै शंका हुने अवस्था सृजना भएको अवस्थामा होम स्टेदेखि होटल व्यवसायसम्म पनि लयमा फर्किन समय लाग्छ । मानिसको रोजगारी गुमेसंगै आय आर्जन नभएको अवस्था एक स्थानबाट अर्को स्थानमा घुम्न जाने भन्ने कुरा कठिन हुन जान्छ । 

परिवारमा पर्न जाने एकजनाको कठिनाईले त्यस घरमा बस्ने परिवारमा सबैको पर्ने मनोभाव र त्यसको गुणाको दरले पर्ने असरलाई मध्यनजर राखी बाहय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई कसरी प्रवध्र्दन गर्न सकिन्छ भनेर निति निर्माण गर्नु पर्ने हुन्छ । सामाजिक दुरीको कारण प्रवध्र्दनलाई डिजीटाईजेशन गर्नु आवश्यक छ  र संगठिक रोजगारीलाई एक महिनाको पारिश्रमिक दिएर देश भित्र नै घुम्न जाने नितिगत व्यवस्था गर्न सकेको अवस्था अप्ठयारो परेको पर्यटन क्षेत्रलाई केही राहत पुग्ने थियो । यसले स्थानिय स्तरमा रोजगारी सृजना भई स्थल यातायात,हवाई यातायात साथै होटल व्यवसायलाई पनि स्थायित्व दिन सजिलो हुने थियो ।

शिक्षा क्षेत्र
बाल मनोविज्ञान,सामाजिक दुरी र अभिभावकको बच्चाको लागि गर्ने व्यवहारको कारण अव केहि समय ३० देखि४० जनासँगै राखेर पढाई गर्ने अवस्था रहेको छैन र स्कुल व्यवस्थापन पनि यस किसिमको जोखीम उठाउने पक्षमा नरहन सक्छन । यस्कारण नीति गत रुपमा नै अभिभावक र स्कुलको लागि अनलाईन शिक्षा प्रदान गर्नको लागी व्यवस्था गर्नु पर्ने र त्यसको लागि चाहिने भौतिक कुराहरुको निर्माण र आयातको लागी सरकारबाट सहुलियत प्रदान गर्नु आवश्यक देखिनछ । सवै अभिभावक चाहे निजी होस वा सरकारी होस अनलाईन शिक्षाको लागि चाहिने भौतिक पुर्वाधार र सामान जुटाउन नसक्ने हुन्छन । कोरोनाको कारण रोजगारी गुमेका कति अभिभावकले बच्चा पठाउन नसक्ने अवस्था पनि छ । भर्ना देखि मासिक शुल्कलाई किस्तामा तिर्ने वा रोजगारी भई सकेको यति समयसम्म तिर्ने नत्र बेरोजगार अभिभावका छोरा छोरीलाई स्थानिय निकाय मार्फत  सरकारले व्यवस्था गरि शिक्षाको  उज्यालो घामबाट कोहि पनि बन्चित नहुने बातावरण सृजना गर्नु पर्छ ।

रोजगारीको क्षेत्र
कारोनाको कारण विश्वमा शताब्दीकै ठुलो आर्थिक मन्दी आउने विश्लेषण आईसकेको छ  र नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन । फलस्वरुप भईरहेको रोजगारी गुमाउने,प्रतिवर्ष ५ लाखको दरले श्रम बजारमा प्रवेश गर्ने व्यक्ति र बैदेशीक रोजगारीबाट फिर्ता भई आउने लाखौ मानिसलाई रोजगार प्रदान गर्ने गरि आवश्यक नीति निर्माण गर्न आवश्यक छ । मौलिक हक भित्र रोजगारी पर्ने अवस्था भएकोले यदि सरकारले रोजगार प्रदान गर्न सक्दैन भने त्यस बापत जीवन यापनको लागि केहि भत्ताको समेत व्यवस्था गर्नु पर्ने हँुदा राज्यलाई धेरै व्ययभार पर्न जाने तर्फ ध्यान दिई रोजगार सृजना गर्न आवश्यक प्रकिया चाल्नु आवश्यक छ । समयले हामीलाई विप्रेषण मूखी अर्थतन्त्रबाट उत्पादनमूखी अर्थतन्त्रमा जान समय जुराईदिएको छ समयको सदुपयोग गरि उत्पेरीत आर्थिक निति र उत्पदनशील उधोग धन्दाको लागि आवश्यक कार्य गर्ने वेला यहि हो समय आउछ तर कुर्दैन सबैमा चेतना आओस ।        (नेपाल कृषि विकास बैंकमा कार्यरत छन)

प्रतिक्रिया दिनुहोस