aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

संविधान संशोधन विधेयक संसदमा पेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
Sunrise
HIb
संविधान संशोधन विधेयक संसदमा पेश
LBEF

काठमाडौं । संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएको छ । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न संसदमा संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव पेश गरेकी हुन् । उनले निशान छापभित्र रहेको अहिलेको नक्साको ठाउँमा अद्यावधिक नक्सा राख्नको लागि संविधान संशोधन विधेयेक पेश गरिएको जानकारी दिइन् । 

यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग  गरेपछि स्थगित गरेको थियो । तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव पेश भएको हो ।

संविधान संशोधनको प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्छ ।  सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस