aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

रानीपोखरीको पुनःनिर्माण अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
Sunrise
HIb
रानीपोखरीको पुनःनिर्माण अन्तिम चरणमा
LBEF

काठमाडौं । ऐतिहासिक र पुरातात्विक सम्पदाका रूपमा रहेको काठमाडौंको रानीपोखरी पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । रानीपोखरी नेपाल भाषा अर्थात नेवारी न्हु पुखु पोखरीको नामले पनि चिनिन्छ । नेपाल भाषामा न्हु भनेको नयाँ हो अर्थात् (नयाँ पोखरी) बुझिन्छ ।  रानीपोखरी ६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ। पोखरी १८० मिटर लामो र १४० मिटर चौडा छ । 

प्रताप मल्लले आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको मृत्यु भएपछि शोकमा डुबेकी आफ्नी रानीलाई खुसी बनाउन वि.स १७२५ सालमा रानीपोखरी निर्माण गराएका थिए । पोखरीको बीचमा शिखर शैलीको मन्दिरसमेत निर्माण गराएका थिए । २०७२ सालको भूकम्पले भत्काउनुअघि रानीपोखरी गुम्बज शैलीको थियो।

रानीपोखरी पटकपटक पुनर्निर्माण गर्दा रानीपोखरीको स्वरूप नै परिवर्तन हुँदै आएका छन । वि.स १९९० सालको भूकम्पमा रानीपोखरीको मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले जीर्णोद्धार गराउदा रानीपोखरीमा तारबार गर्नुका साथै भत्किएको मन्दिरलाई शिखर शैलीमै बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस