aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

कोरोनालाई पत्नी भन्दा यिनलाई पर्यो यस्तो विपद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
Sunrise
HIb
कोरोनालाई पत्नी भन्दा यिनलाई पर्यो यस्तो विपद
LBEF

एजेन्सी। इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गरेपछि बिबादमा तानिएका छन् । उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् ।

ति मन्त्रीले सामाजिक रुपमा यससँग नडराउन आग्रह गरेका थिए। इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अहिले उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको भनाइप्रति उनीहरुले कडा आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत गरेको छलफलमा उक्त अभिव्यक्ति दिएका थिए ।

गत मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘ हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । मलाई एकजना साथीले कोरोना तपाईँको पत्नी जस्तै हो भने। हो, सुरुमा यसलाई नियन्त्रण गर्न थालियो, पछि महसुस भयो कि यसलाई नियन्त्रण गर्नै नसकिने रहेछ। त्यसैले, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस