aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

शेयर बजारका लगानीकर्ता बजेटप्रति निराश, मौद्रिक नीतिले समेट्ने आशा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
Sunrise
HIb
शेयर बजारका लगानीकर्ता बजेटप्रति निराश, मौद्रिक नीतिले समेट्ने आशा
LBEF

काठमाडौं । आगामी वर्षको सरकारको बजेटमा पूँजीबजार विकास र विस्तारका नयाँ नीति तथा कार्यक्रम समावेश नहुँदा लगानीकर्ताहरु निराश बनेका छन् । यस वर्ष कोरोनाका कारण दुई महिनाभन्दा बढी आफ्नो सम्पत्ति बन्धक भएको र यस विच गुमेको सम्पत्तिको परिपूर्ति गर्ने खालको राहतको कार्यक्रम आउनेमा विश्वस्त रहेका लगानीकर्तालाई बजेटले निशाख बनाएको हो । बिहीबार सरकारले आर्थिक वर्ष २०७७र ७८ को बजेट कार्यक्रममा पूँजीबजारका विषय नसमेटिएका भने पक्कै हैनन् । 

आगामी वर्षभित्र पूँजीबजारलाई पूर्ण प्रविधिमैत्री बनाउने , दोस्रो बजारमा ऋणपत्रको पनि कारोबार गराउने , वस्तु विनियमय बजार सञ्चालनका लागि आवश्यक आधार तयार गर्ने , स्टक डिलर कम्पनी भित्र्याउने र नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको संरचना पुनः संरचना गर्ने विषय बजेटमा समेटिएको छ । 

जुन विषय अघिल्लो वर्षदेखिनै चर्चामा आई नियामक निकायको तर्फबाट कार्यान्वयनमा ल्याउन पहल भैरहेका विषय रहेको लगानीकर्ताहरुको भनाई छ । पूँजीबजारका नियामक निकायदेखि यस क्षेत्रसँग सम्बद्ध सरोकारवालाहरुले कारोबारको आधारमा लाभकर गणना गर्ने व्यवस्था गन, दिर्घकालिन तथा अल्पकालिन लगानीकर्तामा वर्गिकरण गरी सोहि बमोजिम करको व्यवस्था गर्न र  कम्पनीहरुको लाभांशमा लाग्ने दोहोरो करको अन्त्य गर्न सरकारसमक्ष बजेट आउनुपूर्वनै माग गरेका थिए । तर बजेटले नयाँ कुरा भन्दा पुराना कुरा कार्यान्वयनलाई नै बढी प्राथमिकता दिएको छ । 

स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले कोरोनाका कारण थलिएको व्यवसाय उकास्ने खालको बजेट आउने अपेक्षा थियो । यस वर्ष आय करमा छुट गराउन माग गरेका थियौ । हामी व्यवसायीको माग बमोजिम बजेटले नयाँ कुरा सम्बोधन गरेन रानाभाटले भने यो वर्ष बजेटमा पूँजीबजार प्राथमिकतामा परेको देखिएन ।

शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले बजेटले लगानीकर्ताको मनोबल बढाउने कुनै कार्यक्रम नल्याएकोमा दुःख लागेको बताए । बजार सूचीकृत बैंक तथा वित्तीय संस्थासँगको व्यवसायमा पनि निर्भर हुने भएकाले नेपाल राष्ट्र बैंकले पूँजीबजारलाई हित हुने गरि मौद्रिक नीति ल्याउने आशा उनको छ । बजेटले मात्र निराश हुनु नपर्ने भन्दै उनले आम लगानीकर्ताहरुलाई मौद्रिक नीतिको समेत प्रतिक्षा गर्न आग्रह गरे । 

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भने यस वर्षको बजेट पूँजीबजारका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झै भएको टिप्पणी गरेकी छिन् । उनले बजेट महत्वकांक्षी भएको भन्दै अर्थतन्त्रको ऐना मानिने शेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको बताईन । १६ लाखभन्दा बढी नेपाली जनताको सम्पत्ति परिचालित भएको नेपालको शेयर बजार गत चैत १० गतेदेखि बन्द रहेको छ ।

 लकडाउनका विच पनि गत वैशाख ३० गतेदेखि बजार सुचारु गराउने प्रयास भएको थियो । तर , दुई दिनको कारोबारले राम्रो गति लिन नसक्दा लगानीकर्ताहरुले ६३ अर्ब रूपैयाँभन्दा बढी गुमाउनुप¥यो । आम लगानीकर्ताको हितका लागि पुनः जेठ १ गतेदेखि शेयर बजार बन्द छ । यो अवस्थामा सरकारले मनोबल बढाउने खालको कार्यक्रम ल्याउने आशामा लगानीकर्ता रहेका थिए । तर आशा निराशामा बदलिएको छ ।
 

प्रतिक्रिया दिनुहोस