aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

सहयोगी विकास बैंकको साधारण सभा जेठ २४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
Sunrise
HIb
सहयोगी विकास बैंकको साधारण सभा जेठ २४ गते
LBEF

काठमाडौं । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा २०७७ साल जेष्ठ २४ गते शनिवारका दिन दिनको २ः०० बजे बैंकको केन्द्रीय कार्यालय आयोजना गर्ने भएको छ । बैंकको  सञ्चालक समितिले जेष्ठ १५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । 

अनुसार २०७६ साल चैत्र १० गते सम्पन्न गर्ने भनिएको वार्षिक साधारण सभा नेपाल सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित भएको थियो । 

अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्पmत पनि संचालक एवं शेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको व्यहोरा प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले जानकारी दिए । 

आफ्ना शेयरधनीहरुलाई वर्तमान अवस्थाको मुल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्पmत सभामा सहभागिता जनाई दिनु हुन बैंकले आह्वान समेत गरेको छ । प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने प्रमुख कार्यकारी अधिकृतले जानकारीगरेका छन  । 

प्रतिक्रिया दिनुहोस