aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life

हरेक प्रदेशमा २ राजमार्गका लागि १२ अर्ब २१ करोड बजेट

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १६ जेठ २०७७
Sunrise
HIb
हरेक प्रदेशमा २ राजमार्गका लागि १२ अर्ब २१ करोड बजेट
LBEF

काठमाडौं । सरकारले हरेक प्रदेशमा कम्तीमा २ राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उल्लेख गरिएको छ । त्यसैगरी पूर्व(पश्चिम राजमार्गलाई आगामी ३ वर्षभित्र एसियाली राजमार्ग मापदण्ड अनुरूपको डेडिकेटेड ४ लेनको द्रुत मार्गका रूपमा स्तरोन्नती गरिने पनि उल्लेख गरिएको छ ।

उक्त राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ

पुष्पलाल राजमार्गको बाँकी निर्माण कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने घोषणा गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यसका लागि ८ अर्ब २७ करोड विनियोजन गरिएको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस