aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

सोचेभन्दा राम्रो बजेटः पवन गोल्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
सोचेभन्दा राम्रो बजेटः पवन गोल्यान
LBEF


काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । अधिकांश उद्यमी व्यवसायीले बजेट सकारात्मक रहेको बताएका छन् । केहीले भने खुलेरै प्रशंसा भने गर्न नसकिने बताए । 

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका कृषि उद्यमी पवन गोल्यानले बजेट वारे टिप्पणी गर्दै खुशी व्यक्त गरे । उनले भने ‘असाध्यै राम्रो, सोचेभन्दा राम्रो ।’ कृषि क्षेत्रलाई केन्द्रमा राखेर बजेट आएकोमा उनी प्रफूल्लित देखिए । 

लामो समयसम्म उपेक्षामा परेको कृषि क्षेत्रले अपेक्षा गरेभन्दा राम्रो बजेट प्राप्त गरेको उनको भनाइ थियो । त्यसैगरी विदेशी श्रमिकलाई काम लगानु अनिवार्य रुपमा श्रम स्वीकृती लिनुपर्ने कुरालाई बजेटले जोड दिएकोमा समेत उनी खुशी थिए । उनले भने ‘अब नेपाली श्रमिकले स्वदेशमै रोजगारी पाउने सुनिश्चिता बढ्यो, नेपालबाट बाहिरिने रेमिट्यान्स घट्ने भयो ।’

स्वदेशी वन पैदावारको सदुपयोग र फर्निचर आयातलाई निरुत्साहित गर्ने नीति बजेटले अवलम्वन गरेको छ । नेपाली मौलिक उत्पादन प्रवद्र्धन गर्ने कुरामा समेत बजेटले स्पष्ट नीति लिएको गोल्यानको टिप्पणी थियो । 

यसै गरी बजेट बारे टिप्पण्ी गर्दैे नेपाल उद्योग परिसंघ(सिएनआई)का अध्यक्ष सतिस मोरले सरकारले निजी क्षेत्रका माग पुरा गरेका बताएका छन् । सरकारले बजेट मार्फत निजी क्षेत्रले माग गर्दै आएको रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने कुरा सम्वोधन गरेको बताएका छन् । 

मोरले अगाडि थपे, ‘सरकारले रोजगारलाई प्राथमिकतामा राखेर  बजेट सार्वजनिक गरेको त्यस्तै कृषि क्षेत्रलाई पनि धेरै प्राथमिकतामा राखेको छ ।’ पर्यटन क्षेत्रको विषयमा भने सरकारले ल्याएको सुविधाले कतिसम्म प्रयाप्त हुन्छ त्यो सम्बन्धित क्षेत्रसँगको छलफलपछि मात्र भन्न सकिने उनले बताए ।

तर, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले आज प्रस्तुत गरेको बजेट खुल्ला मनले प्रशंसा गर्ने खालको नभएको बताए । सरकारले १४ खर्बभन्दा बढीको बजेट ल्याउँदा अलि रिक्स लिन नसकेको उनले आरोप लगाए । 
उनले भने, ‘सरकारले राजस्व संकलनबाट कर्मचारी प्रशासन सञ्चालन गर्ने र विकास खर्च भने विदेशी ऋण र आन्तरिक ऋणबाट मात्र गर्ने भन्ने विषय चाहिँ निरासा जनक छ ।’


 

प्रतिक्रिया दिनुहोस