aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life
भन्सार महसुल

बजेटले बढायो सुनको दाम, अब प्रति ग्राम ८ सय ५० भन्सार लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
बजेटले बढायो सुनको दाम, अब प्रति ग्राम ८ सय ५० भन्सार लाग्ने
LBEF

काठमाडौं । सरकराले सुनचाँदीको भन्सार दर ह्वात्तै बढाएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँ वृद्धि गरेर ८ हजार ५ सय पुर्याएका हुन् । अब सुन तोलामा २ हजार ३ सय ३२ रुपैयाँले बढ्ने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यसरी हेर्दा प्रतिग्राम सुनको भाउ ८ सय ५० रुपैयाँले पुगेको छ 

अहिले प्रतिदश ग्राम सुनको भन्सार दर ६५ सय रुपैयाँ छ । यसलाई ८५ सय रुपैयाँ पुर्याइएको हो । यस हिसाबले अब सुनको भाउ प्रति १० ग्राम २ हजार रुपैयाँले बढ्ने देखिएको छ । यसरी हिसाव गर्दा तोलामा सुनको भाउ २ हजार ३ सय ३२ रुपैयाँले महँगिने भएको छ । चाँदी ११ रुपैयाँ ६६ पैसा महँगिएको छ । चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ । अहिले ७५ रुपैयाँ थियो अब ८५ रुपैयाँ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस