aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

खुल्ला मनले प्रशंसा गर्ने खालको बजेट आएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
खुल्ला मनले प्रशंसा गर्ने खालको बजेट आएन
LBEF

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले बिहीबार सार्वजनिक गरेको बजेट खुल्ला मनले प्रशंसा गर्ने खालको नआएको बताएका छन् । सरकारले १४ खर्बभन्दा बढीको बजेट ल्याउदा अलि रिष्क लिन नसकेको उनले आरोप लगाए । उनले भने, 'सरकारले राजस्व संकलनबाट कर्मचारी प्रशासन सञ्चालन गर्ने र विकास खर्च भने विदेशी ऋण र आन्तरिक ऋणबाट मात्र गर्ने भन्ने विषय चाहि निरासा जनक छ ।' 

सरकारले आर्थिक वर्ष २०७७/७८को बजेट मार्फत निजी क्षेत्रले माग आंशिक रुपमा मात्र पुरा गरेको उनले बताए । त्यस्तै, विद्युत डिमाण्ड चार्जमा पनि सरकारले सम्बोधन गरेकाले निजी क्षेत्रको माग आंशिक सम्बोधन गरेको उनले बताए । तर, सरकारले विद्युतको डिमाण्ड चार्जमा २० प्रतिशत निजी क्षेत्रले माग गरिहेको त्यो सम्बोधन नभएको उनले गुनासो गरे । 

निजी क्षेत्रले भ्याट १० प्रतिशतमा झार्नका लागि माग गरेका थियौ तर सरकारले त्यसमा सम्बोधन नगरेकोमा उनको गुनासो रहेको छ । त्यस्तै, निजी क्षेत्रले २ तहको राहत माग हुन पर्ने माग गरेको थियो तर सरकारले १२ बस्तुको अन्तशुल्कमा छुट भनेको छ त्यो कुन कुन बस्तु हुन भन्ने पहिला हेरेपछि मात्र भन्न सक्ने उनले बताए । 

सरकारले सामाजिक सुरक्षा कोषमा राहत दिने सोचमा निजी क्षेत्र निश्चित रहेको थियो तर सरकारले सामाजिक सुरक्षा कोषमा सरकारले अहिले हालि दिने तर पछि फेरी व्यवसायीले तिर्न पर्ने भनेर आयो यो के राहत भयो र उनले प्रश्न गरे । 

हाल व्यवसायीहरुले झलिरहेको तरलता अभावका बारेमा बजेटले केहि पनि बोलेन यसलाई सपोर्ट गर्ने मौद्रिक नीति आउन बाँकी छ मौद्रिक नीतिले केहि सम्बोधन गर्नेमा उनी विस्वस्त देखिन्छन । 
   
 

प्रतिक्रिया दिनुहोस