aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

निजी क्षेत्रका माग बजेट मार्फत पुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
निजी क्षेत्रका माग बजेट मार्फत पुरा
LBEF

काठमाडौं । सरकारले निजी क्षेत्रका माग पुरा गरेको नेपाल उद्योग परिसंघ(सिएनआई)का अध्यक्ष सतिस मोरले बताएका छन् । सरकारले आर्थिक वर्ष २०७७/७८को बजेट मार्फत निजी क्षेत्रले माग गर्दै आएको रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता राखेकाले निजी क्षेत्रका माग अनुसार नै बजेट आएको उनले बताए । 

उनले भने, 'सरकारले रोजगारलाई प्राथमिकतामा राखेर  बजेट सार्वजनिक गरेको त्यस्तै कृषि क्षेत्रलाई पनि धेरै प्राथमिकतामा राखेको छ ।' सरकारले पर्यटन क्षेत्रको विषयमा भने सरकारले ल्याएको सुविधाले कतिसम्म प्रयाप्त हुन्छ त्यो भने सम्बन्धीत क्षेत्रसँगको छलफलमा मात्र आउने उनले बताए । 

त्यस्तै, स्वास्थ्य क्षेत्रलाई समेत सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ त्यो आवश्यकता पनि हो । विद्युत डिमाण्ड चार्जमा पनि सरकारले सम्बोधन गरेकाले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको उनले बताए ।  
 

प्रतिक्रिया दिनुहोस