aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन
LBEF

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । 

कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेसँगै थुप्रै नेपाली विदेशी भूमिमा अलपत्र  छन् । केहीले कोरोना भाइरसकै कारण रोजगारीसमेत गुमाएका छन् । अनौपचारिक तथ्याङ्कानुसार भारत, खाडी र मलेसियाबाट मात्र करीब छ लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कँदै छन् । 

प्रतिक्रिया दिनुहोस