aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

५५ करोडको मास्क आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
५५ करोडको मास्क आयात
LBEF

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा मास्कको माग पनि बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने भारत, चीनलगायत युरोपियन मुलुकबाट मास्कको आयात बढेको देखिन्छ ।

चालु आर्थिक वर्षका १० महिनामा ५५ करोड ८० लाख ३४ हजार रुपैयाँको फेस मास्क आयात भएको छ । उक्त अवधिमा ४० लाख ८० हजार १ सय ५८ किलो फेस मास्क आयात भएको छ । यसमा सबैभन्दा बढी चीनबाट ३९ लाख ९५ हजार २ सय १० केजी भित्रिएको छ ।

मास्क खरिदमा ५० करोड २२ लाख २६ हजार रुपैयाँ बाहिरिएको छ । भारत, थाइल्यान्ड, टर्की र यूएईबाट मास्क आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार मास्कबाट ६० करोड ५ लाख ८ हजार ६ सय २५ रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।

त्यस्तै, सेनिटाइजर पनि ६ करोड ४२ लाख २१ हजार रुपैयाँको आएको छ । चीन, इन्डोनेसिया र टर्कीबाट स्यानिटाइजर आएको हो । साउनदेखि वैशाख मसान्तसम्म १ लाख १४ हजार ५ सय ८५ लिटर स्यानिटाइजर आएको विभागको तथ्यांक छ । यसमध्ये चीनबाट ९२ हजार ९ सय ३७ लिटर आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस