aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

आजदेखि सुनचाँदीको दरभाउ नियमित प्रकाशन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
Sunrise
HIb
आजदेखि सुनचाँदीको दरभाउ नियमित प्रकाशन हुने
LBEF

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आजदेखि सुनचाँदीको मूल्य नियमित प्रकाशन गर्ने भएको छ । महासंघले विज्ञप्तिमार्फत सुनचाँदीको मूल्य नियमित प्रकाशन गर्ने जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सुनचाँदीको बजार मूल्य धैरै फरक भैसकेको अवस्थामा विगत दुई महिनादेखि पूरानै दरभाउ बिभिन्न सामाजिक सञ्जालमा देखिरहेकोले उपभोक्ताहरुमा अन्यौलता सिर्जना भएको भन्दै महासंघले उपभोक्तालाई सही सूचना दिन नियमित मूल्यसूची प्रकाशन गर्ने जनाएको छ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउ निकै फरक भइसकेको र विभिन्न संचारमाध्यममा पूरानै भाउ देखाएकाले उपभोक्तामा अन्यौला सिर्जना भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस