aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
Citizen life

सुनको मूल्य दुई महिनामा १० हजार वृद्धि, सुन बेचेर घर चलाउने बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
Sunrise
HIb
सुनको मूल्य दुई महिनामा १० हजार वृद्धि, सुन बेचेर घर चलाउने बढे
LBEF

काठमाडौं । सुनचाँदीको मूल्यनेपालमा दुई महिनापछि सार्वजनिक गरिएको छ। नेपालमा बजार खोल्ने बतावरण नभएकाले औपचारिक सुनचाँदीको मुल्य सार्वजनिक नगरिएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले भने, अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा धेरै उतार चढाव आइरहेकाले मंगलबारको सुनको मुल्य ८६ हजार एक सय प्रति तोला रहेको छ चाँदीको मुल्य ८ सय ९० रहेको छ ।

अन्तराष्टिय बजारमा सुनचाँदीको मुल्यमा धेरै उचारचढाव भइरहेको छ तर नेपालमा भने बजार खोल्ने अबस्था छैन यहा काम गर्ने कालिगड पनि नभएको र बजारमा सुनको माग समेत नभएकाले बजार खोल्ने अबस्था नभएको उनले बताए । लकडाउन हुनपूर्व ७७ हजार प्रति तोला रहेको सुन करिब १० हजारले वृद्धि भएको छ । त्यस्तै चाँदीको मुल्य एक सय ७० भन्दा बढी वृद्धि भएको छ । 

बजारमा हाल सुन लगायतका बहुमुल्य बस्तु बेचेर खर्च चलाउने क्रम बढेको उनले बताए । उनले भने, सुन चाँदीबेचेर घर खर्च चलाउनका लागि फोनहरु आइरहेका छन् यसको व्यबस्थापनमा महासंघ लागि रहेको छ । तर, सुनचाँदीको औपचारिक मुल्य निर्धारण गरेर बजार खुलाएर सरकारको बन्दबन्दीको नियमको उलंघन गर्ने पक्षमा महासंघ नभएको उनले बताए । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेका बेलामा नेपाली बजार भने उपभोक्ताको माग नभएको र ९० प्रतिशत कालिगडहरु भारत गइसकेकाले सुनचादी बजारमा कालिगडको सञ्जाल लथालिंग भएको उनले बताए । 

लामो समयदेखि बजारमा सुनचादीको मल्यका विषयमा अन्यौल भइरहृेकाल नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने बुधबादेखि नियमित मुल्य सार्वजनिक गर्ने महासंघका अध्यक्ष रमेश महर्जनले  हुने जानकारी दिए। सुनको मुल्यमा अन्यौल हुँदा लकडाउनका बेलामा सुन बेचेर खर्च चलाउन सहज बनाइदिन पर्यो भन्ने गुनासो आएकाले पनि बजार अन्यौलमा नराखी बजारमा कारोबार हुन दिनका लागि मुल्य तोकेको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस