aarthiknews.com शनिबार, १० असोज २०७७   Saturday, 26 September, 2020
 
Bajaj_Bike
Tasen
लकडाउन संकट

बैंक तथा वित्तीय संस्थाबाट कर्मचारी निकाल्ने निर्णय भएको छैनः पवन गोल्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
बैंक तथा वित्तीय संस्थाबाट कर्मचारी निकाल्ने निर्णय भएको छैनः पवन गोल्यान
LBEF

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्मचारी निकाल्ने विषयमा कुनै छलफल नभएको बैंक तथा वित्तीय संस्था परिसंघले जानकारी दिएको छ । अहिलेको अवस्थामा कर्मचारी निकाल्ने विषयमा कुनै छलफल नै नभएको परिसंघका अध्यक्ष पवन गोल्यानले बताए ।

आर्थिकन्युज डककमले आयोजना प्रदेश–१ को बजेट र यसको प्राथमिकता, उद्यमी व्यवसायीलाई परेको असर तथा असर न्यूनीकरण गर्न सरकारले पोष्ट कोभिडपछि चाल्नुपर्ने विषयमा गरिएको भिडियो कन्फरेन्स कार्यत्रलममा बोल्दै अध्यक्ष गोल्यानले कर्मचारी निकाल्ने विषयमा कुनै कुरा नभएको बताएका हुन् ।

‘यस्तो अवस्थामा विस्थापित गर्ने भन्ने हुँदैन, मेरो जानकारीमा अहिलेसम्म फलानो बैंकले कर्मचारी निकाल्यो भनेर कुनै जानकारी पनि आएको छैन,’ उनले भने ‘कुनै पनि बैंकले कर्मचारी निकालेको वा निकाल्ने भनेको भए मलाई भनोस् ।  म यस विषयमा हामी वर्क फम होम भन्ने कल्चरलाई बढाएर बैंक शाखा बढी खोल्न तिर लागका छौं ।

कोभिड–१९ का कारण भएको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएपछि बैंक तथा वित्तीय संस्थाले भने सुस्त गतिमा आफ्नो सेवाहरू दिइरहेका छन् । यहि क्रममा कतिपय बैंक तथा वित्तीय संस्थाले यसको अवसर छापेर आफ्ना कर्मचारीलाई निकाली रहेका पनि छन् ।  
‘ग्राहक भएनन् भने बैंक तथा वित्तीय संस्था पनि रहदैन हुँदैन । ग्राहकहरू हुनुहुन्छ  र त हामी छौं,’ गोल्यानले भने ‘हाम्रा ग्राहक अप्ठ्यारोमा परेको यो अवस्थामा बैंक तथा वित्तीय संस्था पनि अछुतो रहने कुरा भएन । यहि विचार गरेर परिसंघले एक करोडसम्मको कर्जामा १ प्रतिशत ब्याज छुट राहत स्वरुप दिने निर्णय पनि गरेका थियौं ।

पछि राष्ट्र बैंकले सबै खाले कर्जामा दुई प्रतिशत विन्दु ब्याज छुट दिन निर्देशन दियो । र  परिपत्र पत्र पनि जारी भयो । अहिले सबै बैंकहरूले दुई प्रतिशत विन्दु ब्याज घटाएर ब्याजको गणना गरिरहेका छन् । नियमनकारी निकायले गरेको नीति नियम निर्देशन पालना नगर्ने भन्ने हुँदैन । ‘बैंकहरूले यसको पूर्ण पालना गरेका छन्, उनले भने ‘म बैंकर्समात्र होइन, उद्यमी पनि हुँ, म परिसंघको अध्यक्षको हैसियलले पनि यो भन्न चाहन्छु कि उद्यमी व्यवसायी भनेका एकअर्काका परिपूरक हुन् । उहाँहरू नभइ हामी चल्न सक्दैनौं ।’

यो छुटको व्यवस्थाले बैकहरूलाई एउटा त्रैमासमात्रै एउटा बैंकलाई २५ करोडदेखि एक अर्बसम्म आयमा फरक पर्न जान्छ । एउटा बैंकले वर्ष भरिनै यसरी नै छुट दिने हो एक वर्षमा एक अर्बदेखि चार अर्बसम्म छुट दिनुपर्ने हुन्छ । यहि हिसावअनुसार जाने हो भने बैंकहरूले एक पैसा पनि नाफा कमाउन सक्दैनन् । बैंकहरूको नाफा घट्छ । एनएफआरएस अनुसार नाफा देखिएपनि बैंकहरूको वितरण योग्य नाफा भने एकदम कम हुने निश्चित भएको छ ।

बैंकले अहिलेसम्म कमाएको नाफा पनि हुँदैन । खराब कर्जा बढेर जान्छ । व्यवसायहरू बिग्रने अवस्था आएको छ । यसलाई सम्हाल्न तथा थप बिग्रन नदिन नेपाल सरकार, राष्ट्र बैंक, प्रदेश सरकारलगायत सबैले ध्यान दिनुपर्छ । यसलाई जोगाउने पहल कदमीहरू चालिनु पर्ने गोल्यानले बताए । उद्योगी व्यवसायीले नाफा गर्न सकेनन् भने बैंकले पनि नाफा गर्न सक्दैन ।

यसो ते यो अवस्थालाई अवसरको रुपमा पनि लिन सकिन्छ । कोभिड–१९ ले विश्व भरिनै प्रभाव पारेको बेलामा हामी अछुतो हुन नै भएनौ । यसले ठूला उद्यमी व्यवसायीदेखि बैंक तथा वित्तीय संस्था सबैलाई असर पारिरहेको अवस्था छ । यस्तो अवस्थमा जसले जे गर्न सक्छ त्यो सक्नेले गर्ने हो  । सहयोगको भावना लिनु पर्छ । ठूला व्यवसायीले साना व्यवसायीलाई ठूला बैंकले साना बैंक तथा वित्तीय संस्थालाई जोगाउन लाग्नु पर्छ ।

साना व्यवसायीलाई प्रत्यक्ष रुपमा बढी राहतको प्याकेज दिनुपर्छ । राष्ट्र बैंकले ५ करोडसम्मको सहुलियतपूर्ण कर्जामा ५ प्रतिशतसम्म ब्याज अनुदान दिइरहेको छ ।

‘ म एनएनबी बैंकको अध्यक्ष पनि भएकोले यो पनि भन्न चाहन्छु कि एनएमबी बैंकले कृषिमा सबैभन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ बनिसकेपछि हामी सबैले कृषिमा कर्जा बढाउन खोजिएको पनि छ । परिसंघमा पनि ‘पोष्ट कोभिड’मा कृषिमा अझ बढी लगानी गर्ने पर्ने छलफल भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस