aarthiknews.com विहीबार, ०१ साउन २०७७   Thursday, 16 July, 2020
 
Citizen life
आर्थिक सर्वेक्षण

८ महिनामा साढे दुई अर्ब रोयल्टी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
Sunrise
८ महिनामा साढे दुई अर्ब रोयल्टी संकलन
LBEF

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब ४८ करोड ३६ लाख रोयल्टी उठाएको छ । गत आवमा भने कुल ५ अर्ब ४४ करोड  ७६ लाख रोयल्टी  संकलन भएको थियो ।

यो अवधि अर्थात चालु आर्थिक वर्षको साउनदेखि फागनुसम्ममा विद्युतबाट १ अर्ब १५ करोड रोयल्टी संकलन गरिएको छ भने पर्वतारोहणबाट ४४ करोड ५५ लाख रोयल्टी संकलन गरेको आज अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधि र राष्ट्रियसभा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

चालु आवको आठ महिनाको सो अवधिमा वनबाट २७ करोड ९९ लाख, खानी तथा खनिजबाट ६० करोड ८० लाख राजस्व संकलन भएको छ भने चालु आवको समीक्षा अवधिमा र पानी तथा अन्य प्राकृतिक स्रोत परिचालनबाट कुनै पनि राजस्व संकलन नभएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

गत आवमा भने विद्युतबाट कुनै रोयल्टी नै संकलन नगरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ भने गत आवमा सबैभन्दा बढी पानी तथा अन्य प्राकृतिक स्रोत परिचालनबाट  भएको छ । सो शीर्षकमा ३ अर्ब २६ करोड ६६ लाख, वन पैदावारबाट १ अर्ब ७० करोड ६८ लाख संकलन भएको छ ।  खानी तथा खनिजबाट ७७ करोड १६ लाख र पर्वतारोहणबाट ५८ करोड २८ लाख राजस्व संकलन भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत वर्ष संकलन भएको रोयल्टीमा संघ अघि देखिएको छ । गत आवमा संघ सरकारले २ अर्ब ५७ करोड ७७ लाख रोयल्टी उठाएको छ भने प्रदेशले १ अर्ब ४३ करोड २३ लाख र स्थानीय तहले एक अर्ब ४३ करोड ७६ लाख रोयल्टी संकलन गरेको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस