aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा भोली सूचीकृत हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
Sunrise
HIb
पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा भोली सूचीकृत हुने
LBEF

काठमाडौं । लकडाउनका विच गत चैत २६ गते बाँडफाँट भएको नेपाल पुनर्बीमा कम्पनीको आईपीओ भोली (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ ।

कारोबार हुने गरी जेठ ११ गते संस्थापक ८ करोड ४० लाख र सर्वसाधारण १ करोड ६० लाख कित्ता गरी कुल १० करोड कित्ता शेयर सिडिएससीमा अभौतिकीकरण भैसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले जानकारी दिएका छन् । 

नेप्सेले बुधबार आवश्यक कर्मचारीहरु बोलाएर सूचीकृत गराउने बताएकाले यहि अनुरुप अघि बढेको रायमाझीले जानकारी दिए । नेपाल पुनर्बीमा कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म  १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरि लकडाउनकै विच गत चैत २६ गते बाँडफाँट गरेको थियो ।

सरकारी स्वामित्वको यस कम्पनीको प्रतिशेयर नेटवर्थ  १५९ दशमलव ५६ रुपैयाँ रहेको छ । हाल  ८ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आइपीओपछि  १० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷८८ सम्ममा  १० अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस