aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

कोरोनाको आर्थिक प्रभाव र जोखिम न्यूनीकरणको विधि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
Sunrise
HIb
कोरोनाको आर्थिक प्रभाव र जोखिम न्यूनीकरणको विधि
LBEF

चीनको वुहानबाट सुरु भई विश्वव्यापी बनेको कोरोना महामारीका (कोभिड–१९) ले सारा विश्वलाई अहिले हायल कायल पारेको छ । हालसम्म ५० लाख बढीमा सङ्क्रमण देखिँदा साढे ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । २२ लाख जनाभन्दा धेरै सङ्क्रमणपछि नोको भएर घर फर्किएका छन् । नेपालमा पनि सङ्क्रमण तीव्र गतिमा बढ्दै छ। 

शक्तिशाली, विकसित र स्वास्थ्य सुविधाका दृष्टिकोणले राम्रा मानिएका देशहरूलाई समेत कोरोनाले घुँडा टेकाएको देखिंदैछ । त्यसैले प्राय सबैले निर्विकल्प लकडाउन ९बन्दा बन्दी० का साथसाथै सामाजिक दुरी कायम, क्वारेनटाइनमा बस्ने र आइसोलेसनमा राख्ने जस्ता उपायहरू अपनाउँदै आएका छन् । यस महामारीसँगै विश्व जगतमा यसले पार्ने आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक आदि प्रभाव, चुनौती र अबका उपायहरूका बारेमा थुप्रै बहसहरू सुरु भएका छन् । 

यो महामारीले मानवीय स्वास्थ्य सँगसँगै आर्थिक क्रियाकलाप तथा रोजगारीको क्षेत्रमा ठुलो असर पुर्‍याउने कुरा निश्चित छ । आर्थिक क्रियाकलापहरूलाई चलायमान बनाइराख्न तथा रोजगारीको अवसरहरू वृद्धि गरी विस्थापित श्रमिकहरूलाई आर्थिक क्रियाकलापमा संलग्न गराउनु अहिलेको विश्व सामु मुख्य चुनौती बनेको छ । कोरोना भाइरसका कारणले अर्थतन्त्रमा के(कति प्रभाव पार्छ रु कमजोर अर्थतन्त्रलाई गति दिनका लागि के(कति परिमाणमा खर्च गर्नुपर्छ रु आदिजस्ता कुराहरू अझै प्रस्ट भएको छैन, अन्योल मै छन्। कोरोनाको प्रभाव विश्वका अधिकांश मुलुकहरूमा परेता पनि कमजोर अर्थतन्त्र भएका मुलुकहरूमा यसको दूरगामी र गहिरो असर पर्ने देखिन्छ।  

नेपालमा कोरोना सङ्क्रमण नियन्त्रण गर्नका लागि समयमा नै उचित नीति, कार्यक्रम तथा योजना निर्माण गर्न सकिएन भने गुणङ्कीय प्रभावले गर्दा देशको अर्थतन्त्रले ठुलो क्षति बेहोर्नुपर्दछ। जसबाट माथि उठ्नका लागी दशकौँ लाग्न सक्दछ। विगत दुई महिनादेखि देशमा लकडाउन जारी रहेको छ। कोरोनाको नियन्त्रण अनिश्चित भएकोले देशका आर्थिक क्रियाकलापहरू कहिलेबाट सञ्चालन हुने भन्ने कुरा पनि अनिश्चित नै रहेको छ। यसरी लामो समयदेखि एकातिर उद्योगधन्दा तथा उत्पादनका क्रियाकलापहरू ठप्प भइरहेका छन् भने अर्कोतिर लाखौँको सङ्ख्यामा वैदेशिक रोजगारीका लागि बिदेसिएका श्रमिकहरू विस्थापित हुने कुरा निश्चित छ। यस्तो अवस्थामा नेपालको अर्थतन्त्रमा पुग्न सक्ने असरहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

उत्पादनमा कमी 
नेपालमा दुई महिनादेखि जारी लकडाउनले गर्दा वस्तुको उत्पादन तथा मागको सिर्जना हुन सकेको छैन। यसले देशको वित्तीय बजारलाई समेत नकारात्मक प्रभाव पारेको छ। लामो समयसम्म उत्पादन नहुँदा उद्योगहरू धारादायी बन्दै जान्छन् र बन्द हुने अवस्थामा पनि पुग्न सक्छन्। जसले एकातिर प्रत्यक्ष उत्पादनमा कमी आउँदछ भने त्यसका कारण सम्बन्ध असर (लिंकेज इफेक्ट) ले गर्दा अन्य उद्योगमा पनि उत्पादन घट्न सक्दछ। 

त्यस्तै, धेरै मानिसहरूको रोजगारी गुमेकोले गर्दा उत्पादित वस्तुको मागमा पनि कमी आउने कारणले गर्दा उत्पादनमा कमी आउँदछ। यसरी मागमा कमी आउनाले नयाँ उद्योगमा लगानी घट्दछ, जसको कारण उत्पादनमा कमी आउँदछ। यसरी देशको उत्पादनमा वृद्धि ल्याउनु देशका लागि चुनौतीको रूपमा रहेको छ। 

बेरोजगारीको दरमा वृद्धि
करिब चार महिनाबाट फैलिएको कोरोना भाइरसका कारणले विश्व अर्थतन्त्र र रोजगारीको क्षेत्रमा ठुलो धक्का पुगेको छ। युरोपियन युनियनले सन् २०२०मा जी–२० राष्ट्रहरूको अर्थतन्त्रमा २।२ प्रतिशतले कमी हुने अनुमान गरेको छ। त्यस्तै, विश्व श्रम सङ्गठनले कोरोना भाइरसका कारण अढाई करोडसम्म कामदार बेरोजगार हुनसक्ने प्रक्षेपण गरेको छ। 

नेपालमा पनि कोरोना भाइरसका कारणले पूर्वाधारका आयोजनाहरू, पर्यटन, उद्योग व्यवसाय, निर्माणजस्ता क्षेत्रमा प्रभाव परेको पाइन्छ। जसको कारणले प्रत्यक्ष रूपमा रोजगारीको दर घट्दै जाने कुराको अनुमान गर्न सकिन्छ। श्रमशक्ति सर्वेक्षण २०७४ का अनुसार नेपालमा बेरोजगारी दर ११।४ रहेको छ। तर कोभिड–१९ को कारणले नेपालमा लाखौँ मानिस रोजगारीविहीन हुने देखिन्छ, जसको कारणले यो लगभग ४ प्रतिशतले बढ्ने कुरा अर्थशास्त्रीहरुले अनुमान गरेका छन् । 

आर्थिक सर्वेक्षण २०७५र७६ का अनुसार करिब ४३ लाख ६५ हजार युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएको पाइन्छ। कोरोना महामारीका कारणले लाखौँ युवा रोजगारीविहीन भई स्वदेश फर्कने कुरा निश्चित छ। त्यसै गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन क्षेत्रमा ठुलो मात्रामा लगानी गरिएको थियो। यो क्षेत्रबाट पनि लाखौँ मानिस बेरोजगार हुने देखिन्छ। यसबाहेक अन्य उद्योगधन्दा, निर्माण व्यवसाय, सेवा क्षेत्र लगायत सम्पूर्ण क्षेत्रबाट धेरै मानिस रोजगारीविहीन हुन सक्दछन्। त्यसैले ठुलो मात्रामा देखा पर्ने बेरोजगारीको सङ्ख्यालाई व्यवस्थापन गर्नु देशको प्रमुख चुनौतीको रूपमा खडा भएको छ।

विकास निर्माणका परियोजनाहरूमा प्रभाव
कोभिड–१९ को कारणले विकास निर्माणका परियोजनामा पनि नकारात्मक प्रभाव पार्ने देखिन्छ। एकातिर लकडाउनका कारणले निर्माण सामग्रीको अभाव, कामदारहरूको अभाव, पुँजीको अभाव, यातायातको सुविधाको अभावले गर्दा सञ्चालनमा रहेका धेरै परियोजनाहरू पनि स्थगित भएका छन् । अर्कोतिर सञ्चालनमा आएका परियोजनाहरू पनि द्रुत गतिमा सञ्चालन हुन सकेका छैनन्। 

कोरोना संक्रमणपश्चात पनि सहज रूपमा यस्ता परियोजनाहरू सञ्चालन हुनका लागि धेरै समय लाग्न सक्छ। राष्ट्रिय गौरवका योजना लगायत अन्य परियोजनाहरू तोकिएको समयमा निर्माण पूरा गर्न सकिँदैन। जसको कारण राष्ट्रलाई ठुलो मात्रामा आर्थिक हानी हुन सक्छ यसका साथै आर्थिक विकासको गति सुस्त हुन पुग्दछ। तसर्थ, यस्ता परियोजनालाई तोकिएको समय र बजेटमा निर्माण गर्नु चुनौतीको रूपमा रहेको छ। अर्कोतर्फ समग्र राष्ट्रिय आम्दानी तथा वैदेशिक सहायतामा कमी आउनाले यस्ता परियोजना सञ्चालनका लागि आवश्यक पुँजीको अपर्याप्तता हुने गर्दछ ।

वैदेशिक लगानीमा कमी
कोरोना भाइरसका कारणले विश्वको अर्थतन्त्रमा नै खतराको सङ्केत देखाइसकेको छ। विकसित तथा अविकसित सबै देशको आर्थिक वृद्धिदर घट्ने कुरा निश्चित भइसकेको छ। उत्पादनमा कमी, रोजगारीका अवसरमा कमी भई राष्ट्रिय आम्दानीमा कमी, उद्यमीको नाफामा कमी, अनिश्चितता आदि अवस्थाको सिर्जना हुन पुग्छ। 

परिणामतः वैदेशिक प्रत्यक्ष लगानीमा कामी आउँदछ। संयुक्त राष्ट्र औद्योगिक विकास सङ्गठनले २०२०र२१ मा ३० देखि ४० प्रतिशतले प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउन सक्ने कुरा उल्लेख गरेको छ। आर्थिक सर्वेक्षण २०७५र२०७६ अनुसार नेपालमा  आर्थिक वर्ष २०७५र७६ को फागुनसम्म खुद वैदेशिक लगानी रु ६ अर्व ६६ करोड रहेको थियो । 

गरिबी तथा असमानतामा वृद्धि
कोरोना सङ्क्रमणको अर्को आर्थिक असर गरिबी तथा असमानतामा वृद्धि हुनु हो। सरकारले लकडाउन घोषणा गरेसँगै ज्यालादारी मजदुरी गर्ने श्रमिकको दैनिकीमा समस्या आइसकेको छ। लकडाउनका लाखौँ श्रमिकहरू बेरोजगार हुन पुगेका छन्। यसले गर्दा श्रमिक वर्ग झनझन गरिब हुँदै जान्छन्। आर्थिक क्रियाकलाप बन्द हुनु, निर्माण कार्यहरू रोकिनु, बजार व्यवसाय बन्द हुनु, पर्यटन क्षेत्र ठप्प हुनु जस्ता कारणले यस्ता मजदुरको रोजगार पनि गुमेको छ। 

मजदुरको वर्तमान दैनिकीमा र भविष्य दुबैमा समस्या उब्जिएको छ । जसले गर्दा भविष्यको उपभोगमा पनि कमी आउँदछ। कोरोना भाइरसको सङ्क्रमणले गर्दा मुख्य रूपमा दैनिक ज्यालादारी मजदुर, साना व्यवसाय गर्ने वर्गको जीविकामा गम्भीर सङ्कट सिर्जना गरेको छ।

वित्तीय प्रभाव

देशको सम्पूर्ण आर्थिक क्षेत्र ठप्प भइरहेको बेलामा वस्तुको उत्पादन र माग सिर्जना हुन सकेको छैन। यसले गर्दा वित्तीय क्षेत्र पनि धारादायी बन्ने देखिन्छ। एकातिर उत्पादनमा कमी आउँदा बचत तथा लगानीमा पनि कमी आउँदछ भने अर्कोतर्फ मानिसले पहिलेको बचत पनि निकाल्दछन् । कर्जा लगेकाहरूले पनि समयमा व्याज र साँवा भुक्तान गर्न नसक्ने अवस्था हुन्छ । आर्थिक गतिविधि ठप्प भएमा खराब कर्जा बढ्दै जाने र वित्तीय स्थायित्वमा खलबल पुग्न सक्दछ। जसका कारणले वित्तीय क्षेत्रमा पनि मन्दी आउने देखिन्छ। 

व्यापार व्यवसायमा मन्दी
कोरोना भाइरसको सङ्क्रमणका कारणले धेरै मानिसहरू रोजगारीविहीन भएका छन् । लगानीकर्ताहरूको नाफाको दर घट्दै छ। अब मानिसको खर्चयोग्य आम्दानीमा कमी आउँदछ । क्रय शक्तिमा कमी आउँदछ, फलस्वरूप मानिसले आवश्यकताका वस्तुबाहेक अन्य वस्तुको मागमा कमी गर्दछन्। जसका कारणले व्यापार व्यवसायमा मन्दी आउँदछ र यसले लगानीमा कमी ल्याउँदछ।

सम्भावनाको पाटो 
हरेक सङ्कटले सम्भावना पनि सँगै लिएर आएको हुन्छ। तसर्थ, कोरोना भाइरसबाट पर्न सक्ने यस्ता आर्थिक प्रभावहरूलाई कम गर्नका लागि सर्वप्रथम त कोरोना भाइरसलाई नै नियन्त्रण गर्नु जरुरी हुन्छ । त्यसका लागि आवश्यक पूर्व तयारी, पूर्वाधार निर्माण, स्वास्थ्य सामाग्रीको व्यवस्थापन, स्वाथ्यकर्मी लगायत औषधी को उचित व्यवस्थापन गर्नु जरुरी देखिन्छ।

देशको अर्थव्यवस्थालाई गतिशील बनाई आर्थिक वृद्धिका लागि कोरोनाले पारेको प्रभावको निक्र्यौल र आवश्यक छलफल गरी उपयुक्त आर्थिक नीति, योजना निर्माण, स्रोतको व्यवस्थापन गर्नु अति आवश्यक रहन्छ। अझ हाम्रोजस्तो देशमा कृषि क्षेत्रलाई व्यवसायीकरण र यान्त्रीकरण गरेर युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गरी, उत्पादनमा वृद्धि गरी खाद्यान्नमा रहेको बढ्दो परनिर्भरतालाई घटाई निर्यात वृद्धि गर्दै आयात घटाई अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने अवसरको रूपमा लिन जरुरी देखिन्छ ।
९अर्याल पृथ्वीनारायण क्याम्पस, पोखरामा आबद्ध छन् )
 

प्रतिक्रिया दिनुहोस