aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

घरेलु लघुवित्तद्धारा कोरोना कोषमा आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
Sunrise
HIb
घरेलु लघुवित्तद्धारा कोरोना कोषमा आर्थिक सहयोग
LBEF

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस देखापरेका मानिसको उपचारमा र लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने उदेश्यले सहयोग गरिएको हो । 

घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरु क्रमशः श्यामबाबु यादवले फेटा गाउँपालिकाको प्रशासकिय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलाल प्रसादलाई र मिनकुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई  सम्बन्धित  गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रतिशाखा १० हजारका दरले जम्मा २० हजार रुपैयाँको  आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुन् । 

यस संस्था संचालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६,१५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुंच पु¥याउन सफल भई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोबार संञ्चालन गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस