aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
Citizen life
सार्वजनिक सुनवाई

महसुल निर्धारमा भाग लिन चाहनेलाई आयोगको अनलाइन छलपलमा निमन्त्रणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
Sunrise
HIb
महसुल निर्धारमा भाग लिन चाहनेलाई आयोगको अनलाइन छलपलमा निमन्त्रणा
LBEF

काठमाडौं । आज जेठ १२ गते विद्युत नियमन आयोगले विद्युत महसुलका विषयमा सार्वजनिक सुनवाई गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले पेश गरेको विद्युत महसुल निर्धारण सम्बन्धि निवेदन उपर छलफल गर्न आयोगले आज सोमबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

यस अघि आम उपभोक्ताले प्रयोग गर्ने विद्युत महसुलका विषयमा यसरी छलफल कहिले गरिएको थिएन । सरकारले नै उक्त महसुल तोक्दै आएको थियो र सरकार (नेपाल विद्युत प्राधिकरण) ले तोकेको महसुल नै आम उपभोक्ताले तिर्दै आएका थिए । यसरी देशव्यापी रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम नै आयोजना गरेर छलफल गरी महसुल दर निर्धारण गर्न लागिएको नेपाल कै इतिहासमा पहिलो पटक हो । विद्युत महसुलका विषयमा आज व्यापक छलफल हुने आयोगका अध्यक्ष दिल्लीवहादुर सिंहले बताए ।

‘आयोगले गत चैत १४, १५ र १६ गते उक्त कार्यक्रम गर्ने मिति तय गरेपनि कोभिड–१९ को त्रासका कारण स्थगन गरेको थियो,’ उनले भने ‘लकडाउनका कारण रोकिएको विद्युत महसुल निर्धारणका लागि आयोजना गर्न लागिएको सार्वजनिक कार्यक्रम आज सूचना प्रविधिमार्फत हुँदैछ ।’

जूम, फेसबुक, इमेल तथा तीनवटा डेडिकेट फोनमार्फत आज बिहान ११.०० बजेदेखि ५.०० बजेसम्म आम उपभोक्ताले सो प्रयोजनका लागि सल्लाह सुझाव दिन सक्ने उनले बताए । इच्छुक सरोकारवालाहरूले आयोगको तयार पारेको ई–हेरिङको पासवर्ड प्रयोग गरी विद्युत महसुलका विषयमा आफ्नो धारणा राख्न आयोगले आम उपभोक्तालाई आव्हान  गरेको छ ।  

३० वटाभन्दा बढी संघ संस्थाको प्रत्यक्ष सहभागितामा हुन लागेको उक्त कार्यक्रममा करिब एक हजार जनाले आफ्नो राय सल्लाह र सुझाव दिने अनुमान आयोगले गरेको छ ।  ई–हेरिङ सार्वजनिक सुनुवाई कार्यक्रममा स्वदेशमा बस्ने नेपालीले मात्र नभइ विदेशमा बस्नेले समेत आफ्नो धारणा तथा जिज्ञाशा राख्न पाउने छन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुलका घटाउने÷बढाउने तथा अहिलेकै दरलाई कायम राख्ने भन्ने विषयमा १ घण्टा लामो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसमा विद्युत महसुलका विषयमा घनिभूत छलफल हुनेछ । सार्वजनिक सुनुवाई कार्यक्रममा निजी उद्यमीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा अन्य उपभोक्तावादी संघ÷संस्थाले आ–आफ्नो धारणा राख्ने छन् ।   

नोटः विद्युत महसुलका विषयमा सल्लाह, सुझाव दिन आम सर्वसाधारणले फोन गर्न सक्नु हुनेछ ।
फोन नं.– ९८४७३४००३८, ९८४७३४००४३, ९८४७३४००४५

 

 

प्रतिक्रिया दिनुहोस