aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

आयल निगम र सम्बद्ध १३९ को पिसिआर जाँच

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
Sunrise
HIb
आयल निगम र सम्बद्ध १३९ को पिसिआर जाँच
LBEF

काठमाडौं । नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोटमा कोरोना परीक्षण गरिएको छ । थानकोट डिपोमा कार्यरत निगमका कर्मचारी, डिपोको सुरक्षार्थ खटिएका नेपाली सेना, पेट्रोलियम व्यवसायी तथा मजदूर, ट्याङकरका चालक तथा सहचालक र स्थानीय गरी १३९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको जनाइएको छ ।

डिपोका प्रमुख प्रदीप यादवका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोग र निगमनको समन्वयमा परीक्षण गरिएको हो ।

यसअघि निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत १४६ अपरेटर कर्मचारीको परीक्षण गरिएको थियो । बागमती प्रादेशिक कार्यालय थानकोटपछि बाँकी कार्यालयमा परीक्षणको तयारी भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस