aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

‘सिंहमेव जायते’बाट तरङ्गित छालहरू

  • सुशील भट्टराई
    सुशील भट्टराई
  • आइतबार, ११ जेठ २०७७
Sunrise
HIb
‘सिंहमेव जायते’बाट तरङ्गित छालहरू
LBEF

राजनीतिप्रति चेत खुलेदेखि तत्कालीन एमाले नेता खड्गप्रसाद ओलीप्रति नकारात्मक रहँदै आएको व्यक्ति म । अझ २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको बेलामा केपी शर्मा ओलीलाई हराउनै पर्छ भन्दै झापासम्म पुगेर एक हप्तासम्म उनी विरुद्ध विश्वजित लिङ्गदेलको पक्षमा घुँडा धसेर प्रचार गर्दै हिँडेको मान्छे म । तर, अहिले ओलीको भारतप्रतिको ‘सिंहमेव जायते’ कटाक्षका कारण निकै तरङ्गित हुन पुगेको छु ।

आफैलाई अचम्म लाग्छ, ओली सरकारको क्रियाकलापलाई निकटबाट अवलोकन गर्दै चरम आलोचकको कित्तामा उभिएको मेरो दृष्टिकोणले यसरी ‘‘यु’ टर्न लेला भनी कहिल्यै कल्पना गरेको थिइन । तर आज भन्न बाध्य छु, यदि यो प्रम ओलीको नै ‘यु’ टर्न हो भने, यदि उनी भारतप्रतिको यो अडानमा अडिग रहन सके भने म जस्ता धेरैले उनीप्रति पालेको दृष्टिकोणमा पनि ‘यु’ टर्न आउनेछ ।

 त्यसो त ‘नक्सा प्रकाशित गर्नु मात्रै कुन ठुलो कुरा भयो र १ भूमि नै फिर्ता गर्न सकेको भए पो । कालापानीबाट सेना फिर्ता पठाउन सकेको भए पो ।’ भन्नेहरूको सङ्ख्या पनि सानो छैन । तर, भूमि फिर्ता गर्ने प्रतिबद्धतासँगै भारतको निशाना छापको विषयलाई लिएर उनले गरेको कटाक्ष भने सानो घटना होइन । त्यसले सृजना गरेको प्रभाव हेर्दा, त्यसले भारतका झन्डै डेढ अरब जनतालाई आफ्ना शासकको वास्तविक रूप चिन्न पुर्‍याउने सहयोग हेर्दा नेपालको तर्फबाट प्रहार गरिएको एटमबम नै भने पनि हुन्छ । उनको यो ‘सिँहमेव जायते’ कटाक्षको प्रभावको सन्दर्भमा भाषा विज्ञान अन्तरगतको ‘स्पीच र्याक्ट  थ्योरी’को स्मरण हुन्छ । 

जसले भन्छ-समय, परिस्थिति, माध्यम, घटनाक्रम, हैसियत, सूक्ष्मता लगायतका आठ वटा कुराहरूलाई मिलाएर बोलिएको शब्दको प्रभाव एउटा क्षेप्यास्त्रको भन्दा कम हुँदैन । यसले हरेक भारतीय नागरिकलाई प्रधानमन्त्री मोदीको गलत रवैयाबारे फेरी एक पटक सोच्नै पर्ने बनाएको छ ।

भारतको निशाना छाप प्रति गरिएको कटाक्षले भारतीय सञ्चार जगतलाई पारेको प्रभाव अवलोकन गर्दा, भारतको हेपाहा प्रवृत्तिलाई पुनरावलोकन गर्दा, चीनका विदेशमन्त्रीको प्रतिक्रियालाई गहनतामा चिन्तन गर्दा, बिस्तारै बिस्तारै यसका नयाँ आयामहरू खुल्दै गएका छन् । अहिले हरेको मन मस्तिष्कमा ओलीको एउटा साच्चिकै राजनेताको बिम्ब उदाउँदै गएको छ । अब उनी केबल अडिन मात्रै प¥यो । उनले कम्तीमा एक महिनाको पूर्ण मौनता मात्रै साँधिदिए पुग्छ, बाँकी काम समयले नै पुरा गर्नेछ ।

यस अर्थमा प्रम ओलीको उक्त कटाक्षले सबै मापदण्ड पुरा गरेजस्तो लाग्छ । त्यसमा पनि अत्यन्तै नकारात्मक प्रतिक्रिया पछि मात्रै सकारात्मक नतिजा दिन सक्नु तितो सत्यको विशेषता नै हो । यस अर्थमा उनको कटाक्ष जत्ति तितो छ, उत्तिकै सत्यपनि भन्न सकिन्छ ।    

राष्ट्रियताप्रतिको अडानकै कारण सगरमाथाको चुचुरोमा पुगेको उनको लोकप्रियता झरेर केचना–कवल पुग्दै गर्दा उनले पछिल्लो अभिव्यक्ति सँगै आफूलाई पुनर्जागृत गर्दा ओलीको राजनैतिक कार्यकुशलताको सन्दर्भमा समेत एउटा विरोधाभास जन्मिएको छ । अब प्रश्न यो हो कि( के राजनेताको रूपमा प्रम केपी ओली रहन सक्लान् रु भ्रष्टाचारीको संरक्षक भन्ने आरोप लगाउने दिन अब नआउला रु एकातिर राष्ट्रियताप्रतिको अडान, अर्कोतिर जनताको जीविका लगायतमा देखिएको नकारात्मकता, कसको तौल बढी होला रु आम मानिसहरूलाई यो प्रश्नले चिन्तित बनाउँछ ।

यस सन्दर्भमा शीतयुद्धको अन्त्यतिर सन् १९८९ मा स्वीटजरल्याण्डको जेनेभामा रुसी राष्ट्रपति मिखाईल गोर्भाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन दुइजनामात्रै बिच चौबिस घण्टाको एकान्त बसाइमा भएको आत्मिक कुराकानी र त्यसको नतिजालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक होला ।

रुसमा नयाँ लेनिनको रूपमा परिचित मेधावी राष्ट्रपति गोर्भाचोभले एउटा प्रस्ताव अगाडि सार्दै भने— आज विश्व हाम्रो यही अँगालो र आत्मिकताभित्र अटेको छ । अब यो आत्मिक बसाइले यस विश्व समाजमा आमूल क्रान्तिकारी इतिहासको निर्माण गर्नु छ । विश्वलाई युद्ध र अन्यायहरूबाट मुक्त गर्ने, रोग–भोक–अशिक्षाबाट मुक्त गर्ने हैसियत पनि यो आत्मिक संवादले राख्छ । त्यसैले आजसम्मको हतियार र सामर्थ्यलाई यही धर्तीलाई स्वर्गको रूपमा सिँगार्ने काममा किन नलगाउने ?

बोल्ने पालो रोनाल्ड रेगनको आयो । गोर्भाचोभको उक्त प्रस्तावलाई इन्कार गरेर मानवता विरोधी युद्ध पिपासु बन्ने चाहना उनको थिएन । त्यसलाई स्वीकार गरेको भए, पूर्व सोभियत धुरी मात्रै होइन, अमेरिकी धुरी पनि विघटन भएर आज विश्वको नयाँ अनुहारको हुन्थ्यो । रेगनको प्रतिक्रिया नकारात्मक भएको भए, गोर्भाचोभका कदमहरू शीतयुद्धको अन्त्य गर्ने तर्फ चल्ने थिएनन् ।

साच्चिकै कौतूहलमय छः उक्त प्रस्तावको जवाफमा अमेरिकी राष्ट्रपति रेगनले के बोले होलान् रु शायद उनको मौनता नै त्यसपछिको दशकमा अमेरिकाको एक ध्रुवीय राजको लागि पर्याप्त थियो । त्यसैले अब ओलीले पनि मौन बस्नु पर्छ। ओलीलाई उखान सम्झाइरहनु पर्दैन( ‘एक बोलीको दम सय गोली ।’

पूर्व राजा ज्ञानेन्द्रदेखि, विद्रोही विप्लवसम्मको कामना छ, आग्रह छ– प्रम ओली खुट्टा नकमाऊ १ राष्ट्रिय एकताको यो अभूतपूर्व अवसरलाई रत्तीभर नगुमाऊ ।सत्यता र नैतिकताको युद्ध तिमीले जितिसकेका छौँ । आफ्नो सत्यता बचाउने कि नबचाउने बल भारतकै कोर्टमा छ । यस क्षणमा नेपालमा अभूतपूर्व राष्ट्रिय एकता कायम हुँदै छ । उता भारतमा त्यसको ठिक उल्टो, जनमत मोदीको ठिक विपरीत दिशामा बढ्दै छ ।  

संशय अझै छ( कति तिम्रो यो अडान सांसदबाट एमसिसि पास गराउने एउटा नयाँ जुक्ति वा बठ्याईमात्रै त होइन रु यदि त्यो प्रमाणित भयो भने तिम्रो यो राष्ट्रवाद सदा–सदाको नक्कली ठहर्नेछ, तिमी इतिहासमै सबैभन्दा कलङ्कित हुनेछौ । केचना लनसम्म पुगेको तिम्रो लोकप्रियता सगरमाथाको चुचुरोतिर ‘यु’ टर्न त के फेरी अर्को ‘यु’ टर्न लिएर बङ्गालको खाडीतिर पुग्नेछ । आज सडकमा तिम्रो पक्षमा उर्लिएको जनमत तिम्रो राजनैतिक अवसानको मलामी हुनेछ । ओली महोदय बल तिम्रो बोलीमा छ । मात्र खुट्टा नकमाई उभिए पुग्छ । (भट्टराई, विश्वभाषा क्याम्पस, काठमाडौँका प्राध्यापक हुन्)
 

प्रतिक्रिया दिनुहोस