aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

अमेरिकाले चिनियाँ ३३ वटा कम्पनी ''ब्ल्याकलिस्ट''मा राख्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
Sunrise
अमेरिकाले चिनियाँ ३३ वटा कम्पनी ''ब्ल्याकलिस्ट''मा राख्यो
LBEF

एजेन्सी । अमेरिका र चीनबीचको व्यापार युद्ध महामारीका बेला पनि रोकिएन । कोरोना भाइरसलाई लिएर जारी आरोप पत्यारोपकाबीचमा अमेरिकाले चीनलाई झड्का दिने निर्णय गरेको छ । अमेरिकाले चिनियाँ ३३ वटा कम्पनी र अन्य संस्थाहरूलाई ब्ल्याकलिस्टमा राख्ने निर्णय गरेको छ । 

अन्र्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको  एक रिर्पोटका अनुसार अमेरिकी वाणिज्य विभागले शुक्रबार ३३ चिनियाँ कम्पनी र अन्य संस्थाहरूलाई मानवअधिकार उल्लंघन र अमेरिकी राष्ट्रियका कारण कालोसूचीमा राखिएको उल्लेख गरेको छ । 

अमेरिकी वाणिज्य विभागका अनुसार चीनमा उच्च प्रविधिको निगरानी बढाएको, ​​जबरजस्ती काम गराएको र मनमानी ढंगले मानिसलाई हिरासतमा राखेर मानवअधिकार उल्लंघनमा सहभागी भएका कारण चिनियाँ ९ वटा कम्पनी प्रतिबन्ध लगाइएको छ । 

अमेरिकी सरकारले भनेको छ, '७ वटा व्यावसायिक संस्थामा चीनको हाइटेक सर्भेलेन्स लागू गर्न मद्दत गरिरहेछन् । साथै, चीनका २४ सरकारी र व्यावसायिक निकायहरूलाई कालोसूचीमा राखिएको छ ।'

उनीहरूले हतियार प्राप्त गर्न र चिनियाँ सेनाको आम विनाश सम्बन्धी अन्य गतिविधिहरूमा सहयोग पु‍र्याको आरोप लगाइएको छ । अमेरिकाले चीनको वुहान प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको हुन सक्ने आरोप लगाएको छ । चीनले यस्ता आरोपहरूको खण्डन गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस