aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite
बीमा समिति

आरडीटी नेगेटिभ आएपछिमात्र कोभिड बीमालेख जारी गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
Sunrise
आरडीटी नेगेटिभ आएपछिमात्र कोभिड बीमालेख जारी गर्न निर्देशन
LBEF

काठमाडौं । विदेशबाट आएका नेपालीले तत्कालै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायतका देशबाट स्वदेश फर्केका नेपालीले तत्काल कोरोना बीमा गर्न नपाउने व्यवस्था राष्ट्रिय बीमा समितिले गरेको हो । ‘कोभिड–१९ का कारण हाल विदेशमा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरु आफ्नो पेशा र व्यवसाय बन्द गरेर नेपाल फर्किने क्रम बढ्दै गएको छ,’ बीमा समितिद्वारा आज शुक्रबार जारी निर्देशनमा भनिएको छ।’ खुल्ला सीमानाका कारण विशेष गरी भारतबाट स्वदेश फर्किने नेपालीहरुको सीमा नाकामा अत्याधिक चाप पर्न थालेपछि यसबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न समितिले यस्तो निर्देशन जारी गरेको हो ।

विदेशबाट आएका आमनागरिकको आरडीटी परीक्षण गराइ सोको रिपोर्ट नेगेटिभि आएको प्रमाण पेश गरेपछिमात्र कोरोना बीमा गर्न समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इजाजत प्राप्त निर्जीवन बीमा कम्पनीहरुका लागि निर्देशन जारी गरेका हुन् ।

हालसम्म प्राप्त तथ्यांकअनुसान पनि स्वदेश फर्किने स्थितिमा समितिबाट कोरोना बीमालेख जारी गर्न दिएको निर्देशनको मूल मर्मलाई कायमै राखी यस बीमालेखका लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गर्नु पर्ने आवश्यकता देखिएको समितिको निर्देशनमा उल्लेख गरिएको छ । अण्डरराइटिङ कार्यका लागि संलग्न पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरूले आफ्नो वेभराइटमा राख्नु पर्नेछ ।

साथै उक्त फारम भरी स्वीकृत भएपछिमात्र बीमालेख जारी हुने गरी आफ्नो विद्युतीय विद्युतीय बिक्री प्रक्रियामा अनिवार्य थप गर्नु पर्नेछ ।
कुनैपनि व्यक्ति भारत लगायत अन्य विदशी मुलुकबाट नेपाल आई क्वारेन्टाइनमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र यो बीमालेख खरिद गर्न पाइने छ । त्यसैगरी विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराइ सो को रिपोर्ट नेगेटिभि आएको प्रमाण पेश गरेपछिमात्र कोरोना बीमा गर्न पाइने समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

बीमा समितिले वैशाख ७ गते जारी गरेको कोरोना बीमा लेखमा दुईवटा बीमाङ्क रकम कायम गरिएको छ । प्रति व्यक्ति एक हजार रुपैयाँ अर्थात परिवारकै भए प्रति सदस्य ६ सय रुपैयाँ प्रिमियम तिरेर ‘क’ श्रेणीको एक लाख बीमाङ्क रकमको कोभिड–१९ बीमा गराउन सकिन्छ भने ५ सय रुपैयाँ प्रिमियम तिरेर ५० हजार रुपैयाँ बीमाङक भएको ‘ख’ श्रेणीको बीमा गराउने सकिन्छ । ‘ख’ श्रेणीको सामुहिक तथा परिवारको बीमा गर्दा भने प्रति सदस्य तीन सय रुपैयाँमात्र प्रिमियम तिरे पुग्छ ।

समितिले सो बीमालेख जारी गरेपछि जेठ ८ गतेसम्मको १ महिनाको अवधिमा कुल १२ हजार ५ सय ७८ बीमालेखमार्फत १ लाख ५९ हजार ९ सय ३६ जना व्यक्तिहरूले कोभिड–१९ बीमा गराएका छन् । सो बीमामार्फत विभिन्न निर्जीवन बीमा कम्पनीले ८ करोड ६१ लाख ४४ हजार बीमा शुल्क संकलन गरेको छ । समितिले देशमा सञ्चालित २० वटा निर्जीवन कम्पनी र नेपाल पुर्नबीमा कम्पनीको बीमा पुलमार्फत सो बीमालेख जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस