aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

दुई देशबीचको सम्बन्ध विगार्न भारतीय मिडिया सक्रिय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
Sunrise
दुई देशबीचको सम्बन्ध विगार्न भारतीय मिडिया सक्रिय
LBEF

काठमाडौं । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहेका छन् । उनीहरूले भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गरेका छन् । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्तारुढ दल तथा सरकारको प्रवक्ता जस्तो भारतीय सञ्चार माध्यम देखिएको टिप्पणी गरे । बनिबनाउ एकोहोरो रूपमा तथ्यहीन समाचार सम्प्रेषण गरेर भ्रम छर्ने काम गरिरहेको बताउँदै उनले त्यहाँका वरिष्ठ पत्रकार भनाउँदाले पनि २ देशबीचको सम्बन्धबारे तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको बताए । 

पत्रकार अधिकारीले कालापानीमा विवाद छ भनेर सन् १९९७ मा भारतकै तत्कालीन सरकारले स्वीकार गरेको कुरा पनि भारतीय मिडियाले बिर्सिएको बताए । त्यति मात्रै होइन सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला २ देशले जारी गरेका संयुक्त प्रेस विज्ञप्तिमा पनि २ देशका परराष्ट्र सचिवको तहमा वार्ता गरी कालापानी, सुस्ता लगायतको समस्या समाधान गर्न सकिन्छ भन्ने उल्लेख थियो भन्दै उनले ती कुरा मिडियाले बिर्सन नहुने बताए । यस्तो व्यवहारले भारतको समग्र प्रेसको विश्वसनीयतामाथि असर पर्ने उनको भनाइ छ ।

अर्का वरिष्ठ पत्रकार सीताराम अग्रहरीले नेपाल र भारतबीच रहेको सदियौँको सम्बन्धमा आँच पु¥याउने काम भारतीय सञ्चार माध्यमले गरेको टिप्पणी गरे । उनले भारतको मूलधारको सञ्चार माध्यममा जुन खालका समाचार आइरहेका छन् त्यो पत्रकारिता होइन, प्रचाकारिता रहेको टिप्पणी गरे । सानो माछाले कहीँ ठूलो माछालाई खाएको सुनिएको छैन तर त्यहाँका सञ्चार माध्यमले जबर्जस्ती ती कुरा भनिरहेको उनको टिप्पणी छ ।

सही पत्रकारिता तब हुन्थ्यो जब त्यहाँका सञ्चार माध्यमले सुगौली सन्धिदेखि लिएर विभिन्न समयमा २ देशबीच भएका सम्झौता तथ्य प्रमाणका रूपमा उल्लेख गथ्र्यो तर त्यस्तो नगरेर एकतर्फी रूपमा विभिन्न आरोप लगाउँदै गलत गरिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस