aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

नेपालको नयाँ नक्सा सार्वजनिक, भूभाग ३ सय ३५ वर्ग किलोमिटर बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
Sunrise
नेपालको नयाँ नक्सा सार्वजनिक, भूभाग ३ सय ३५ वर्ग किलोमिटर बढ्यो
LBEF

काठमाडौं । नेपाल सरकारले नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले बुधबार पत्रकार सम्मेलन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । 

नयाँ नक्सामा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस