aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

नेको इन्स्योरेन्स साधारण सभा जेठ २३ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
नेको इन्स्योरेन्स साधारण सभा जेठ २३ गते
LBEF

काठमाडौं । नेको इन्स्योरेन्सले जेठ २३ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । यस अघि वैशाख १ गतेका लागि तय गरिएको सभा कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनका कारण रोकिएको थियो । कम्पनीको वैशाख ३१ गतेको सञ्चालक समितिको बैठकले स्थगित सभा जेठ २३ गते गर्ने निर्णय गरेको हो ।

 संक्रमण फैलिरहेको सन्दर्भमा विशेष सावधानी अपनाएर सभा गर्ने तयारी कम्पनीको छ । सभाले उपस्थित हुँदा मास्क तथा पन्जाको प्रयोग गर्नुपर्ने र सभामा कम्तिमा एक मिटरको दुरी कायम राखी कुसीृको आसन गर्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ । 

यस अघिको सुचना अनुसार अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सभा गर्ने भनिएपनि पछिल्लो सुचनामा कम्पनीको भवन ज्ञानेश्वर , काठमाडौंमा विहान ११ बजे सभा सुरु हुनेछ । कम्पनीले यस वर्ष ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ । 

यस अघि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कमपनीले चैत २४ गतेदेखि बुक क्लोज गरेको छ ।

 यस आधारमा त्यस दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । लाभांश सँगै सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस