aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

नेपालको नयाँ नक्सा आज दिउँसो सवा २ बजे औपचारिकरुपमा सार्वजनिक गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
Sunrise
नेपालको नयाँ नक्सा आज दिउँसो सवा २ बजे औपचारिकरुपमा सार्वजनिक गरिने
LBEF

काठमाडौं । नेपाल सरकारले  लिम्पियाधुरासहित नयाँ नक्सा आधिकारिकरुपमा सार्वजनिक गर्ने भएको छ। दिउँसो सवा २ बजे कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार  नयाँ नक्सामा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

साथै नेपाल टेलिभिजनमार्फत नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ  । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस