aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

मोटर बीमामा राहत दिन बीमा कम्पनीलाई समितिको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
Sunrise
मोटर बीमामा राहत दिन बीमा कम्पनीलाई समितिको निर्देशन
LBEF

काठमाडौं । बीमा समितिले लकडाउन अवधिभर सवारी साधनको बीमा शुल्क नलिन निर्देशन दिएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरूलाई लकडाउनमा सवारी साधन थन्किएकोले मोटर बीमाको प्रिमियममा राहत दिन समितिले निर्देशन दिएको हो ।

समितिले बीमा नवीकरण गर्दा २०७६ चैत्र ११ गते देखि लकडाउन नसकिएसम्मका समयअवधिलाई सवारी थन्किएको अवधि मान्नुपर्नेे निर्देशन दिएको समितिका कार्यकारी अधिकृत राजुरमण पौडेलले जानकारी दिए । अत्यावश्यक सेवाका सवारी साधनको हकमा भने यस्तो राहत सरकारले सवारी साधन सञ्चालन गर्न अनुमति दिएको समयलाई थन्किएको अवधि गणना गर्नु नपर्ने निर्देश गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा नेपाल सरकारले सूचना जारी गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको अवधिसम्मको लागि थन्किएको वधि गणना समितिद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।  

समितिले चालु बीमा अवधिमा दाबी परिसकेको सवारीसाधनको हकमा थन्किएको अवधिको लागि छुट लागू नहुने बताइएको छ ।
बीमा शुल्क छुट गणना गर्दा कूल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक छुट दिनुपर्ने परिपत्रमा उल्लेख छ ।

यसरी प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचरी बीमालगायत जोखिम समूहको समेत गणना गर्ने र उक्त छुट सवारी साधनको बीमा नवीकरण गर्दा नवीकरण बीमा शुल्कमा समायोजन गर्नुपर्ने समितिको निर्देशन गरेको पौडेलले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस