aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

शेयर बजार २० गतेसम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
Sunrise
शेयर बजार २० गतेसम्म बन्द
LBEF

 काठमाडौं । नेपालको शेयर बजार जेठ २० गतेसम्म बन्द हुने भएको छ । सरकारले लकडाउनलाई जेठ २० गतेसम्म निरन्तरता दिने भएसँगै शेयर कारोबार पनि सो मितिसम्म बन्द हुने भएको हो । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुचना जारी गरी लकडाउन अवधिभर कारोबार बन्द गरिने जानकारी दिएको छ ।

 शेयर कारोबार बन्द भएपनि शेयर सूचीकरण तथा कम्पनीहरुको सुचना सार्वजनिक गर्ने कार्य भने सुचारु रहने नेप्सेले बताएको छ । कोरोना संक्रमण तथा रोकथामका लागि भन्दै गत चैत १० गतेदेखि बन्द बजार यो विचमा वैशाख ३० र ३१ गते खुला भएको थियो ।

संक्रमणको यस विषम परिस्थितिमा अनलाईन कारोबार प्रणालीलाई प्रोत्साहन गर्दै खोलिएको दुई दिनको कारोबारमा लगानीकर्ताहरुले रू. ६३ अर्ब भन्दा बढी सम्पत्ति गुमाएका छन् । कारोबारको दुवै दिन बजार नकारात्मक सर्किट ब्रेकका कारण प्रभावित बनेको थियो ।

 सावधानी अपनाएर भएपनि बजार खोल्नुपर्ने पक्षमा उभिएका लगानीकर्ताहरु दुई दिनको नकारात्मक प्रभावपश्चात भने चुपचाप बसेका छन् । बरु, दुई दिन गुमेको सम्पत्ति फिर्ता हुने गरी कारोबार रद्ध भने लगानीकर्ताहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस