aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

मंगोलियाका ३ जना नागरिक उद्धार गर्न जहाज चार्टर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
Sunrise
मंगोलियाका ३ जना नागरिक उद्धार गर्न जहाज चार्टर्ड
LBEF

काठमाडौं । नेपालमा रहेको मंगोलियन दूतावासले आफ्ना तीन जना नागरिकको उद्धार गर्न जहाज चार्टर्ड गरेको छ । दूतावासले तीन जना नागरिकलाई भारतको नयाँ दिल्ली लैजान बुद्ध एअरको जहाज चार्टर्ड गरेको हो । जहाज मध्याह्न नयाँ दिल्लीको लागि उडेको छ । 

नयाँ दिल्लीबाट तीन जना मंगोलियन नागरिक अर्को उडानमार्फत स्वदेश फर्किनेछन् । कोभिड १९ विरुद्धको सुरक्षा निर्देशिकामा रहेका सम्पूर्ण प्रावधान पालना गरेर उडान भरिएको बुद्ध एअरले जनाएको छ ।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र भएसँगै विभिन्न देशले आफ्नो नागरिक लैजाउन जहाज चार्टर्ड गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस