aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

कोरोना महामारी र विद्यालय क्षेत्र सुरक्षाको प्रश्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
Sunrise
कोरोना महामारी र विद्यालय क्षेत्र सुरक्षाको प्रश्न
LBEF

‘सुरक्षित’को शाब्दिक अर्थलाई हेर्दा कुनै पनि हानी नोक्सानी नभएको र ‘विद्यालय’ भन्नाले धेरै विद्यार्थीहरू विद्या आर्जन गर्ने संस्था हो । यसरी हेर्दा सुरक्षित विद्यालय यस्तो विद्यालयलाई भनिन्छ, जुन विद्यालयमा विभिन्न प्रकारका प्राकृतिक तथा मानवीय कार्यबाट आउने समस्याहरू नभएको हुन्छ । 

एउटा विद्यालय असुरक्षित हुनु भनेको सयौँ विद्यार्थी र शिक्षक जोखिममा पर्नु हो । त्यसैले हामीहरूको विद्यालयलाई सुरक्षित बनाउन समुदाय जोडिन जरुरी छ । विद्यालय सुरक्षा सम्बन्धी विभिन्न प्रकारका कुराहरूको बारेमा जानकारी दिनु वा विद्यालय सुरक्षा सम्बन्धी तालिम दिनु पनि जरुरी छ जसले गर्दा जोखिमबाट बच्न सकिन्छ । 

विद्यालय सुरक्षित भयो भने बालबालिकाहरूले डर र त्रासरहित वातावरणमा अध्ययन गर्ने गर्दछन् । यसले गर्दा बालबालिकाहरूले आफ्नो उज्ज्वल भविष्यका सपनाहरू साकार पार्न सक्छन् । आफ्नो परिवार, समाज, देश र राष्ट्रको लागि नै असल र योग्य नागरिक बन्न विद्यालय यस्तो संस्था हो जहाँ बालबालिकाहरू आफ्नो परिवार, समाज र राष्ट्रको विकासका लागि विभिन्न कौशल रचनात्मक ढङ्गबाट प्रस्तुत गर्छन् ।

इस्वी संवतको वर्ष सन् २०२० अनि वि.स. २०७७ साल पनि विश्वभरिका लागि अविस्मरणीय बन्दैछ । नेपालमा पनि विगतका केही महिनादेखि लकडाउन छ, विश्वभरिका सबै देश अनि ठुला ठुला सहरहरू सुनसान छन् । अनि त्यस शून्यतामा एउटा त्रास छ, कोरोना अर्थात् कोभिड १९ को । विश्वका शक्तिशाली राष्ट्रहरूले समेत घुँडा टेकेका यस संक्रमणले यस ग्रहको सबैभन्दा सामाजिक र श्रेष्ठ प्राणी मानवलाई नै सामाजिक दुरी र एक्लोपनाको श्रापयुक्त  परिधिमा राखिदिएको छ ।

दोस्रो विश्वयुद्ध पछिको विश्वमा यस्तो बन्द अनि शून्यता कहिल्यै भएको थिएन । इटाली, स्पेन, अमेरिका, इरान, चीनबाट क्रमशः कोरोना कहर इन्डोनेसिया, भारत, नेपाल लगायत अन्य एसियाली देशहरूमा आइरहेको छ, पश्चिमा देशहरूले समेत घुँडा टेकेको कोरोना कहरलाई एसियाली देशहरूले कसरी सामना गर्ने हुन्, सर्वत्र चिन्ताको विषय छ । अर्थात्, सुरक्षा सबैको चासो बनेको छ ।

लकडाउन लम्बिने र श्रम गरेर खाने वर्गले काम गर्न नपाउने हो भने रोजगारी र आयश्रोत गुमेकाहरूलाई राज्यले अन्य विकल्प दिनुपर्छ । लकडाउनका कारण व्यक्तिको आर्थिक आम्दानीको श्रोत सुकेको छ । भोको पेट भयो भने आपराधिक घटना बढ्न सक्छ, रोक्न मुस्किल हुनेछ । यस्तो अवस्थामा कतिपय विद्रोही समूहमा समेत संलग्न हुनसक्ने जोखिम रहेको छ ।विद्यालय क्षेत्र, साना व्यवसायीहरू, नयाँ व्यवसायी,पर्यटन क्षेत्र बढी प्रभावित भएका छन् । राहत वितरणको राम्रो प्रबन्ध भएको छैन, विद्रोहका स्वरहरू सुनिन थालेका छन् ।

लकडाउन बढे अझ आर्थिक कारोबारमा समस्या हुन्छ । बालबालिकाहरू विद्यालय जनबाट वञ्चित हुँदा पढ्न पाउने अवसर गुमाउनु परेको छ । बालबालिकाहरूको बोर्ड परीक्षा स्थगित हुँदा कोरोनाको माहामारिले झनै अन्योलता थपिदिएको छ । जसलाई सल्टाउन झन् झन् अप्ठेरो स्थिति रहन्छ । अधिकाधिक धारणा शिक्षा विभाग लगायत सरकारको स्पष्ट निर्देशिका हर विद्यार्थीमा पर्न गएको दुबिधा हल गरिदिए लाखौँ बालबालिका लगायत घरपरिवार आभारी हुने थिए ।

अवको समय प्रविधिको हो । विज्ञानको हो । यो प्रविधिको युगलाई हाँक्न सक्ने युवा उत्पादन गर्ने शिक्षा नीतिले मात्र समृद्ध नेपाल सुखी नेपालको सपना साकार पार्न सक्छ । प्राविधिक शिक्षा बुझेका ज्ञाता, विज्ञहरूलाई शिक्षा नीतिको खाका तैयार गर्ने जिम्मेवारी दिन सरकारले चुक्नु हुन्न । अहंकारले धेरै कुरा बिग्रिसकेको छ ।

 हात हातमा सिप भएका भए आज देशमा विदेशीले आएर रोजगारी पाउने र स्वदेशी युवा खाडीमा भड्किनुपर्ने थिएन । यही अवस्था सुधार्नका लागि प्राविधिक शिक्षालाई जोड दिन जरुरी छ ।  बन्दाबन्दीले हामी सबैलाई प्रविधि मैत्री बन्न सिकाएको छ जहाँ हामी हाम्रा बालबालिकालाई उनीहरूको महत्त्वपूर्ण समय सदुपयोग गर्दै अनलाइन कक्षाहरू सञ्चालन गरी सिकाईको विधिलाई परिवर्तन गरेका छौँ । बिद्यार्थीहरुको कक्षा अनुसार समय तालिका तोकी निश्चित समय तोकेर कुनै पनि अभिभावक र विद्यार्थीलाई अनावश्यक दबाब नहुने गरी भिडियो कन्फरेन्स गरेर पेपर प्रिजेन्टेसनको माध्यमबाट डिजिटलाइज बनाउने प्रयास गरेका छौँ । 

विद्यालय देश अनि हाम्रो भविष्य कोर्ने आशाको केन्द्र हो त्यसैले यस संस्थाको संरक्षण हामी सबैले मिलेर गर्नुपर्छ । बिद्यालयलाई बालमैत्री अनि शान्तिपूर्ण बनाई उपयुक्त वातावरण निर्माण गर्न सक्नुपर्दछ । बिद्यालयलाई सुरक्षित बनाएमा मात्र देशको आर्थिक, सामाजिक, व्यक्तित्व विकास सबल हुन सक्छ । विपद् भन्ने कुरा आज नै आउँछ भनेर भन्न सकिँदैन । हिजोको दिनमा भूकम्प लगायत अन्य महामारी आयो तर आजको अवस्थामा आई पुग्दा परिवेश बदलिएको छ । 

कोरोनाको त्रास हर मानिसमा छ । स्थानीय मानिसहरूको सक्रिय सहभागिता बिद्यालयक्षत्र लगायत विपद् व्यवस्थापनमा हुन जरुरी छ । विद्यालय विद्यार्थी, समाज लगायत समुदायका मानिसहरूसँग हरेक  विपद् लगायत अप्ठ्यारो परिस्थितिमा पनि हातेमालो गरी अघि बढ्नुपर्दछ । सर्वत्र मगंल होस् भन्ने कामनाका साथ विद्यालय क्षत्रलाई सुरक्षित अनि प्राकृतिक बनाऔँ । 

लेखक -ई. दीपक भण्डारी
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष
मेगा पब्लिक स्कूल
तारकेश्वर-०८, शान्तिटोल, काठमाडौँ

 

प्रतिक्रिया दिनुहोस