aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite
कोरोना प्रभाव

आधाले घट्यो रेमिट्यान्स, चैत महिनामा भित्रियो ३४ अर्ब ४८ करोड मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
Sunrise
आधाले घट्यो रेमिट्यान्स, चैत महिनामा भित्रियो ३४ अर्ब ४८ करोड मात्रै
LBEF

काठमाडौं । चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँमात्र रेमिट्यान्स भित्रिएको छ । उक्त महिनामा भित्रिएको रेमिट्यान्स फागुन महिनाको तुलनामा आधाभन्दा बढीले कम  हो । २०७६ फागुनमा ७९ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको थियो । कोरोनाको प्रभाव बढ्दै जाँदा रेमिट्यान्स पनि कम भित्रिएको हो । विश्व नै बन्दाबन्दीमा परेका कारण वैदेशिक रोजगारीमा गएकाले काम गर्न पाएका छैनन् । फागुन महिनामा वैदेशिक रोजगारीमा गएका कामदारबाट कुल ५ खर्ब ९२ अर्ब ४२ करोड रेमिट्यान्स भित्रिएको थियो । चैत महिनामा सो बढेर ६ खर्ब २६ अर्ब ९० करोड पुगेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिटयान्स करीब एक खर्बले घट्ने अनुमान यस अघि नै राष्ट्र बैंकले गरिसकेको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लकडाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदारहरू आफै उच्च जोखिममा रहेकाले अघिल्ला वर्षहरूको तुलनामा यस आवका १० प्रतिशतले रेमिट्यान्स घट्ने अनुमान राष्ट्र बैंकले गरेको बैंकका प्रवक्ता गुणाकर भट्टले बताइसकेका छन् । कोरानाका कारण थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति लिएकाले रेमिटयान्स आय दुई अंकको दरमै घट्ने देखिएको बैंकले जनाएको छ ।

गत आवको सोही अवधिको तुलनामा २०.९ प्रतिशतले रेमिट्यान्स बढेपनि कोभिड–१९ का कारण रेमिट्यान्स भित्रने दर भने घटेको छ । श्रम स्वीकृती लिनेको नेपालीको संख्या १०.२ प्रतिशतले बढेपनि रेमिट्यान्स भित्रने क्रम भने घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थित तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ । सो अवधिमा वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृती लिनेको संख्या भने १५ प्रतिशतले घटेको छ । चैतसम्म खुद ट्रान्सफर आय पनि ४.४ प्रतिशतले कमी आई ७ खर्ब १३ अर्ब ११ करोडमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस