aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

सञ्चालन खर्च बढेपछि प्रोग्रेसिभ फाइनान्स घाटामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
Sunrise
सञ्चालन खर्च बढेपछि प्रोग्रेसिभ फाइनान्स घाटामा
LBEF

 काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनासम्ममा प्रोग्रेसिभ फाइनान्स  २ लाख ८ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले रू. ३ करोड ९ लाख २० हजार नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन खर्च बढेकाले घाटा व्यहोर्नु परेको देखिन्छ ।

गत वर्ष २ करोड ६५ लाख ६७ हजार रुपैयाँ कुल सञ्चालन खर्च गरेको कम्पनीले यस वर्ष ९० दशमलव ८२ प्रतिशत बढी  ५ करोड ६ लाख ९६ हजार रुपैयाँ  उक्त शिर्षकमा खर्च गरेको हो । 

हाल ८० करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ११४ प्रतिशत बढी ६ करोड ८ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । गत वर्षभन्दा ३९ प्रतिशत बढी रू. १ अर्ब ४८ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २६ प्रतिशत बढी  १ अर्ब १७ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जाको अनुपातमा भने कमि आएको छ । यस अवधिसम्म गत वर्ष ३ दशमलव ३९ रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९४ मा झरेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी  ३ दशमलव १६ रुपैयाँ र प्रतिशेयर  नेटवर्थ  १०५ दशमलव ४४ रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस