aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतद्धारा नेपाललाई ३० हजार पीसीआर टेस्ट कीट सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
Sunrise
भारतद्धारा नेपाललाई ३० हजार पीसीआर टेस्ट कीट सहयोग
LBEF

काठमाडौं । भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पीसीआर किट हस्तान्तरण गरेका हुन् । 

पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएको छ । सो टेस्ट कीटको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ ।  

प्रतिक्रिया दिनुहोस